प्रधानमन्त्रीको प्रश्नः आफन्तलाई पिए राखेको समाचार किन लेखेको ?

काठमाडौँ – संघ र प्रदेशका मन्त्रीहरुले इन्धनमा दोहोरो सुविधा लिएको तथा सांसदले आफन्तलाई शाखा अधिकृतसरहको सुविधा हुने स्वकीय सचिवमा नियुक्त गरेको समाचारप्रति प्रधानमन्त्री केपी ओलीले आपत्ति प्रकट गरेका छन्।

मन्त्री र सांसदको स्वेच्छाचारी कामबारे प्रधानमन्त्रीको कुनै गुनासो छैन, समाचार आएकोमा भने आपत्ति छ ।

त्यस्ता समाचारले अतिवादलाई मलजल गर्ने तथा प्रतिगमन निम्त्याउने उनको भनाई छ ।

आइतबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विगतमा पुरुष सांसदहरुले सुत्केरीको औषधि खाएको समाचार आउँदा असोज १८ र माघ १९ निम्तिएको दाबीसमेत गरे । नयाँ पत्रिका दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

26417