बम्जनको आश्रममा अनुयायीको हत्या भएको प्रमाण फेला परेको प्रहरीको दाबी

काठमाडौँ, ‘तपस्वी’ रामबहादुर बम्जनको आश्रममा अनुयायीको हत्या भएको प्रमाण फेला परेको प्रहरीले दाबी गरेको छ।

गत शुक्रबार र शनिबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) , जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र इलाका प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीले बम्जनको आश्रममा छापा मारेको थियो।

फरेन्सिक विज्ञसहित काठमाडौँबाट पुगेको सीआईबीको टोलीले स्थानीय प्रहरीसँगको समन्वयमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ बाँडेगाउँस्थित बम्जनको आश्रममा अनुसन्धान गर्दा अनुयायी हत्यासम्बन्धी केही प्रमाण फेला परेको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छ।

अनुयायीका अनुसार खाडल उत्खननको क्रममा प्रहरीले आयोडिन नुनका नौ वटा खाली प्याकेट बरामद गरेको छ। तर, खाडलबाट शवको कुनै अवशेष भने प्रहरीले फेला पार्न सकेन।





Comments

comments

Leave a Reply

26427