बुटिकमा परिणत हुँदै त्रिभुवन विमानस्थल

काठमाडौँ, त्रिभुवन अन्तर्राष्ट्रिया विमानस्थलको नाम सुन्ने अधिकांशले फोहोर शौचालय, अव्यवस्थित पार्किङ, ट्याक्सीद्वारा यात्रु तानातान, भीडभाड फोहोरमैलाले कुरुपलगायत नकारात्कम दृष्य सम्झन्छन्।

अबको केही महिनापछि विमानस्थलमा यस्तो भद्रगोल सायद देखिने छैन।

बरु यो विश्वकै पहिलो बुटिक विमानस्थलका रुपमा परिणत हुनेछ । अहिले त्रिभुव अन्तर्राष्ट्रिया विमानस्थलको नामले चिनिँदै आएको यो स्थलको नाम सम्भव काठमाडौं बुटिक इन्टरनेसनल एयरपोर्ट हुनेछ।

यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै तयारी पूरा गरिसकेको दाबी गरेको छ । ‘झन्डै नौ महिनाअघिदेखि थालिएको तयारीबारे पर्यटन मन्त्रालयका एक अधिकारीले भने, ‘हामी बैशाख १ गतेदेखि घोषणा गर्दै छौँ ।’ केही समय पहिले प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारेमा एउटा टेलिभिजन कार्यक्रममार्फत सार्वजनिक पनि गरिसकेका छन्।

विमानस्थलमा पर्यटन मन्त्रालयले भित्री भागमा पोस्टर र विज्ञापन निकालेर नेपाली पहिरन, वेशभूषा जनजीवन, खानपान झल्किने कलासंस्कृति राख्ने जनाएको छ । यसका लागि १५ करोड बजेट अनुमान गरिएको जनाउँदै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले तयारी गरिरहेको बताए। कान्तिपुर दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

26457