बाजुरामा आमा र दुई छोराहरूको निस्साएर मृत्यु

बाजुरा, एकाविहानै छाउगोठमा तीन आमा छोराको मृत्युको खबरले बुधबार बुढीनन्दा नगरपालिकासहित बाजुरा शोकाकुल बनेको छ ।

बाजुराको बुढीनन्दा नगरपालिका–९ साविकको पाण्डुसैन गाविसको भुगेचौरमा छाउगोठमा निसास्सिएर एकै परिवारका तीन जनाको मंगलबार राति ज्यान गएको नेपाल समचारपत्रमा खबर छ।

महिनावारी भएपछि तीन दिनदेखि छाउ बार्न नजिकैको गोठमा सरेकी ३५ वर्षीया अम्बा बोहोरासहित उनका दुई छोरा १२ वर्षका सुरेश र ९ वर्षका रमितको सो गोठमा निसास्सिएर मृत्यु भएको हो । पुस महिनाको कठ्याङ्ग्रिदो जाडो छल्नका लागि बोहोराले गोठमा आगो बालेको र गोठमा भएको धूवाँ बाहिर जान नसकेपछि दुई छोरासहित आमाको पनि मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बाजुरा प्रहरी प्रमुख उद्धवसिंह भाटले बताउनुभएको छ । मृतक बोराका पति कामको खोजीमा भारत गएको पारिवारिक स्रोतले जनाएको छ ।

‘गोठको सानो चुलोमा आगो बालिएको थियो र उनीहरुको खुट्टातिरको भाग जलेको छ त्यसो प्रकृति हेर्दा निसास्सिएरै मृत्यु भएको हुन सक्छ’ – घटनास्थलमा पुगेका स्थानीय महेश कार्कीले बताउनुभएको छ । छाउपडी प्रथा अन्त्यका लागि जिल्लामा विभिन्न प्रकारका प्रयास गरिएको भए पनि यो घटनाले ती प्रयास असफल भएको पिसविन बाजुराका परियोजनाका अधिकृत जयलाल विकले बताउनुभयो ।





Comments

comments

Leave a Reply

26459