राजदूत शेर्पाको छिट्टै टुंगो लाग्‍ने

काठमाडौं, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाबारे १/२ दिनमै निकास निस्कने बताएका छन्।

सञ्चार मन्त्रालयमा बिहीबारको पत्रकार सम्मेलना मन्त्री बाँस्कोटाले शेर्पामाथि भइरहेको छानबिन अन्तिम चरणमा पुगिसकेकाले चाँडै निकास निस्कने दाबी गरे। ‘उहाँमाथि लागेका आरोपको छानबिन गरिरहेको समिति करिब करिब निचोडमा पुगिसकेको छ’, उनले भने, ‘कूटनीतिक मात्र नभएर अलिकति राजनीतिक विषय पनि भएकाले उहाँ (शेर्पा)ले निकास दिनुहुन्छ।’

शेर्पाको विषय प्रधानमन्त्री केपी ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालले गम्भीर रूपमा लिएको उनले जानकारी दिए। ‘दुवैले उहाँलाई निकास दिन आग्रह गर्नुभएको छ’, उनले भने, ‘उहाँ (शेर्पा) लाई निकास दिन भनिएको छ, शेर्पाजीले निकास दिनुहुन्छ भन्ने हाम्रो विश्वास छ।’ अन्नपूर्णपोष्टमा खबर छ।





Comments

comments

Leave a Reply

26467