नेपालकै पहिलो नमुना त्रिकोणात्मक झोलुङ्गे पुल निर्माणमा अलमल

काठमाडौँ, नेपालकै पहिलो नमुना त्रिकोणात्मक झोलुङ्गे पुल निर्माण कार्यमा ढिलाइ भएको छ।

धार्मिक एवं पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको तीन जिल्ला जोड्ने झोलुङ्गे पुल निर्माणमा ढिलाइ भएको खबर नेपाल समाचारपत्रमा छ।

गत २०७१ सालमा स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयसँग निर्माण कम्पनीले तीन वर्षभित्र झोलुङ्गे पुल निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो । तर, चार वर्ष बितिसक्दा समेत पुल निर्माण हुन सकेको छैन ।





Comments

comments

Leave a Reply

26483