कोलकातामा बरामद सुन नेपाल ल्याउन कूटनीतिक पहल

सरकारले भारतको कोलकातामा ३३ केजी सुनसहित पक्राउ तीन नेपालीलाई अनुसन्धानका लागि नेपाल ल्याउन कूटनीतिक पहल थालेको छ।

बरामद सुनसँगै पक्राउ परेका तीनजनालाई नेपाल ल्याउन गृह मन्त्रालयले परराष्ट्रलाई पत्र लेखिसकेको खबर नयाँपत्रिकामा छ।

कूटनीतिक च्यानलबाट आउन भारत सरकारले भनेपछि गृहले यस्तो पहल थालेको हो। ‘कोलकातामा ३३ केजी सुनसँगै पक्राउ तीन नेपालीको सम्बन्धमा हामीले बुझ्न खोजेका हौँ।

घटनाबारे थप बुझ्न प्रहरी नै त्यसतर्फ खटाउन पहल पनि भएको हो । तर, पछि भारत सरकारले कूटनीतिक च्यानलबाट आउन भन्यो । त्यसलगत्तै गृहले परराष्ट्रलाई पत्र लेखेको छ,’ गायब ३३ केजी सुन र सनम शाक्य हत्या अनुसन्धान गर्न सरकारबाट गठित उच्चस्तरीय छानबिन समितिका एक सदस्यले भने।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

26503