वाइडबडी खरिदमा देउवाको संलग्नताबारे सांसदको चासो

वाइडबडी विमान खरिदमा पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाको समेत संलग्नताबारे सत्यतथ्य जानकारी दिन सत्तारुढ दलका सांसदले माग गरेका छन्।

विमान खरिदमा देउवाको नाम जोडिएकाले संसद्मा वास्तविकता आउनुपर्ने भन्दै सत्तारुढ सांसदहरूले प्रतिनिधिसभाको आइतबारको बैठकमा यस्तो माग गरेका हुन्।

नेकपा सांसद यज्ञराज सुनुवारले वाइडबडी खरिदमा कांग्रेस सभापति देउवाको नाम जोडिएकोबारे सदनले जानकारी पाउनुपर्ने बताए । २४ जेठ ०७४ मा प्रधानमन्त्री भएलगत्तै केही दिनमा देउवाले वाइडबडी खरिदको रकम भुक्तानीका लागि सिफारिस गरेको र सो वेला पर्यटन मन्त्रालयसमेत देउवाकै नेतृत्वमा रहेकाले सांसदहरूले यसबारे चासो व्यक्त गरेका हुन्।

यस्तै, नेकपाका सांसद योगेश भट्टराईले वाइडबडी विमान खरिद प्रकरणमा मुछिएका सबैमाथि छानबिन हुनुपर्ने माग गरे । ‘छानबिनबारे कुनै पूर्वाग्रह राख्न हुन्न । सरकारले छानबिन आयोग नै गठन गरेकाले सत्यतथ्य बाहिर आउनेछ,’ उनले भने। नयाँपत्रिकामा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

26505