किन सार्वजनिक हुन चाहेनन् बम्जन ?

सिन्धुली, रामबहादुर बम्जनसम्बद्ध बाधी श्रवण धर्म संघले माघ ६ गतेबाट सिन्धुलीस्थित आश्रममा मैत्री धर्म प्रज्ञा प्रशिक्षण तथा विश्व शान्ति महामैत्री पूजाको आयोजना गर्दै छ।

त्यहाँ धार्मिक सम्बोधन गर्ने भन्ने पूर्वनिर्धारित कार्यक्रम रहे पनि बम्जन सार्वजनिक नहुने जनाइएको छ।

आफ्नै अनुयायी बेपत्ता पारेको र आनीहरुमाथि यौन दुर्ब्यवहारको आरोप लागेका बम्जन सुरक्षा चुनौतीका कारण सार्वजनिक हुन नखोजेको आयोजकले बताएको छ ।

आश्रममा हुने पूजामा स्वदेश तथा विदेशका धार्मिक व्यक्तिहरुको उपस्थिति रहने बोधी श्रवण धर्म संघ सिन्धुलीले जनाएको छ ।

२०६८ असार ९ गते सिन्धुलीको कमलामाई नगरपालिका ७ स्थित सामुदायिक वनमा अस्थायी आश्रम बनाएर बम्जन सिन्धुली आएका थिए । त्यतिबेला उनलाई सहजै भेटिने गरेको स्थानीय बताउँछन् ।

अचेल बम्जनलाई सहजै भेट्न सकिँदैन । सिन्धुलीका सञ्चारकर्मी पटकपटक जाँदा पनि बम्जनलाई भेट्न नसकिएको जनाइएको छ । उनले मुलुकका उच्च ओहोदामा रहेका व्यक्ति आउँदा भने तुरुन्तै भेट्ने गरेको स्थानीयको दाबी छ। नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

26523