मुख्यमन्त्रीहरू सिडिओविरुद्ध आन्दोलित, गृहमन्त्रीलाई भेटे

काठमाडौं, प्रदेश मुख्यमन्त्रीहरूले गृहमन्त्री रामबहादुर थापालाई बिहीबार भेटेर आक्रोश व्यक्त गरेका छन्।

संघीय सरकारले प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई शक्तिशाली बनाइएको भन्दै प्रदेश सरकारले असन्तुष्टि व्यक्त गरेका हुन्।

देश संघीयतामा गइसके पनि पञ्चायतकालीन शैलीमा सीडीओमा अधिकार केन्द्रित गरेको भन्दै प्रदेश मुख्यमन्त्रीहरूले गृहमन्त्रीसँग आक्रोश पोखेका हुन्। उनीहरुले संविधान संसोधन गरेर शान्ति सुरक्षाको जिम्मेवारी संघीय सरकारले नै लिने व्यवस्था गर्न चुनौती दिएका छन्।

बैठकमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश ३ का डोरमणि पौडेल, गण्डकी प्रदेशका पृथ्वी सुब्बा गुरुङ, प्रदेश ५ का शंकर पोखरेल र कर्णाली प्रदेशका  महेन्द्रबहादुर शाही उपस्थित थिए। छलफलमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको समेत उपस्थिति रहेको थियो।





Comments

comments

Leave a Reply

26553