मिस तामाङका प्रतिस्पर्धीहरुले देखाए प्रतिभा

सञ्जय मल्ल / एचकेनेपाल डट कम –

पोखरा, मिस तामाङ पोखराको ट्यालेण्ट तथा प्रिजजिङ राउण्ड सम्पन्न भएको छ।

शनिबार लेकसाइडको बिजी बि क्याफेमा सम्पन्न प्रतिभा प्रस्फुटन कार्यक्रममा सहभागीहरुले नृत्य, गायन, बक्तृत्वकला, कविता प्रस्तुत गरेका थिए । कार्यक्रमको निर्णायकहरुमा गीतकार तीर्थ तामाङ, पोखरेली युवा साँस्कृतिक परिवाका पूर्व अध्यक्ष सुरेश रानाभाट, गोल्डेन आइ टेलिभिजनका स्टेशन म्यानेजर अनिशा श्रेष्ठ रहेका थिए । उनीहरुको प्रस्तुतीको आधार बिभिन्न शिर्षकमा नम्बर प्रदान गरि प्रिजजिङ समेत गरिएको निर्णायक रानाभाटले बताए ।

कार्यक्रममा प्रतियोगीहरु बिरौटाका सुस्मा लोप्चान, रत्नचोकका अमृता तामाङ, काठमाण्डौका रिता लोप्चान, जेमिना घिसिङ, एयरपोर्टका अस्मिता तामाङ, लामागाउँका श्वेता पाख्रिन र बाटुलेचौरका सोफिया स्याङबोले नृत्य प्रस्तुत गरेका थिए । यसैगरि घारीपाटनका रिस्ता घिसिङ र सृजनाचोकका आशा तामाङले गीत गाएका थिए । नालामुखका प्रिती तामाङ, लेकसाइडका मिनु थोकर र बुद्धचोकका सोनी तामाङले बक्तृत्वकला प्रस्तुत गरेका थिए । विरौटाका कुसुम तामाङले कार्यक्रम स्थलमै चित्रकला बनाएर प्रस्तुत गरे । रामेछापका सजना वाइवा कविता सुनाएका थिए।

२८५५ औं सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ समाज पोखराद्धारा आयोजित ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखरा नयाबजारको प्रदर्शनी केन्द्रमा रहेको डोममा हुने समाजका अध्यक्ष ज्याक तामाङले बताए । उनले भाषा संस्कृति जगेर्ना तथा पुस्ता हस्तान्तरणका लागि कार्यक्रम आयोजना गरिएको बताए । यसअघि पोखरा सभागृहमा तय गरिएको कार्यक्रम विविध कारणले प्रर्दशनी केन्दमा सारिएको उनले जानकारी दिए।

मिस तामाङ पोखरा २०१९ की बिजेतालाई ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँको साथमा म्युजिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्रदान गरिने छ । फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हजार प्राप्त गर्नेछ । त्यस्तै सेकेण्ड रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद २० हजार रुपैयाँ हात पार्नेछन् । भ्युर्वस च्वाइसका रुपमा एकजना प्रतिस्पर्धीलाई नगद १५ हजारले पुरस्कृत समेत गरिने कार्यक्रम संयोजक जयन्ती मोक्तानले बताईन् ।

ल्होसार म्युजिकल फेष्टिभल तथा मिस तामाङ पोखराको ग्राण्ड फिनाले अन्तर्राष्ट्रिय तामाङ परिषदका अध्यक्ष केएम तितुङको प्रमुख आतिथ्यतामा हुनेछ। कलाकार तथा बरिष्ठ पाइलट विजय लामा, प्रशान्त ताम्राकार कार्यक्रमको आकर्षण रहने छ । पहिलो नेपाल आईडल बुद्ध लामाले सांगितिक प्रस्तुती राख्नेछन । कार्यक्रमको अफिसियल फोटोग्राफर सञ्जय शाक्य हुन । कोरियोग्राफी सुस्मिता पुनले गरेका छन् । कार्यक्रमलाई मुख्य प्रायोजन एक्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज गरेको छ ।

सन् २०१६ देखि शुरु भएको मिस तामाङ पोखरामा पहिलो संस्करणमा निमा लामा, दोस्रो संस्करण २०१७ मा दिप्ती गोम्जा र तेस्रो संस्करण २०१८ मा कविता योञ्जनले ताज पहिरिन सफल भएका थिए । कार्यक्रमबाट बचत रकम लेकसाइडमा निर्माणधिन रिन्छिङ तोर्जेत तामाङ शान्ति गुम्बा सहयोगार्थ खर्च गरिने छ ।

फोटो ः सञ्जय शाक्य / थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

26587