वाइडबडी विमान जाँचबुझ: जिम्मेवारी नदिएपछि आयोग नै बेखबर

काठमाडौं । वाइडबडी विमान खरिद प्रकरणबारे छानबिन गर्न सरकारद्वारा गठित आयोग बेखबर भएको छ।

नेपाल वायु सेवा निगमले खरिद गरेका दुईवटा वाइडबडीमा घोटाला भएको सार्वजनिक भएपछि जाँचबुझ आयोग गठन गरेको थियो ।

दुई साता बित्दा पनि काम थाल्नु त परैको कुरा, आयोगमा रहेका सदस्यलाई औपचारिक जानकारी समेत दिइएको छैन। संसदको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले वाइडबडी खरिदमा चार अर्ब ३५ करोड रुपैयाँ अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरेको थियो।

प्रतिवेदन अपूर्ण रहेको भन्दै पुस १९ गते सरकारले तीन सदस्यीय आयोग गठन गरेको थियो। पूर्वमुख्यन्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा पूर्वमहान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठक र चार्टर्ड एकाउन्टेन मदन शर्मासहितको तीन सदस्यीय आयोग गठन गरे पनि जिम्मेवारी भने दिइएको छैन् ।

‘आयोग गठन गरेको र उक्त आयोगमा म अध्यक्ष रहेको मैले पनि सञ्चारमाध्यमबाट सुनेको हुँ,’ पराजुलीले भने, आयोग बन्नुअघि आयोगको अध्यक्ष बस्न पर्‍यो भनेर आग्रह गरे पनि त्यसपछि भने कुनै अबर आएको छैन।’ नागरिक दैनिकमा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

26624