पश्चिम पहाडमा हिमपात, जनजीवन कष्टकर

धनगढी – सुदूरपश्चिम प्रदेशका हिमाली जिल्ला र कर्णाली प्रदेशका जिल्लामा बाक्लो हिमपात भएको छ।

हिमपातका कारण चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ । सुदूरपश्चिमका दार्चुला, बझाङ, बाजुरा र बैतडीका हिमाली क्षेत्रमा सोमबार रातिदेखि बाक्लो हिउँ परेको समाचार नागरिकले छापेको छ।

दार्चुलाका लेकाली बस्ती र हिमाल सेताम्य भएका छन् । सोमबार दिनभर घाम लागे पनि मध्यरातिदेखि एकाएक मौसम बदली भएर हिमपात भएको हो । हिमपातपछि बढेको चिसोका कारण सदरमुकाम खंलगाका पसल फाट्टफुट्ट मात्रै खुलेका छन् भने स्थानीयहरु घरबाहिर निस्कन सकिरहेका छैनन् ।

हिमाली क्षेत्रका विद्यालयमा पठनपाठन प्रभावित भएको छ । पुस पहिलो सातादेखि माघ दोस्रो सातासम्म जिल्लाका उच्च भूभागमा तीनपटक हिमपात भएको छ । पुसमा मात्र जिल्लाका उच्च क्षेत्रमा दुई पटक हिमपात भएको थियो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

26630