एचकेनेपाल डट कम संवाददाता –

काठमाडौं, निर्देशक अनिश थापाको निर्देशनमा झापाको विभिन्न स्थानमा छायाँकन भइरहेको चलचित्र ‘ रातो गलबन्दी ‘ को टाइटल सङ्ग शनिवार नक्शालस्थित अकस्टिक स्टोडियोमा रेकर्डिङ सम्पन्न भएको छ।

उक्त चलचित्रमा राजेशपायल राई र श्रेया राईले स्वर दिएका छन्। गीतमा बिनोद खम्बुको संगीत र लोकराज अधिकारीको शव्द रहेको छ।

श्रेया राई रियालिटी शो द भ्वाइस अफ नेपालकी टप ८ हुन्। यो यो पहिलो चलचित्र हो।

चलचित्र रातो गलबन्दीमा केकी अधिकारी, कोशिस क्षेत्री, बुद्धिमान तामाङ हैट, भङ्गेरी डन, हेमन्त बुढाथोकीले अभिनय गरेका छन्। चलचित्र निर्माताहरुमा हिमाल केदारिया, दुर्गा बस्नेत, नवराज लम्साललगायत रहेका छन्।



.



















Comments

comments