नाट्यकर्मी महासंघ नेपालको प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नेपाल सरकारको नाटक, संगीत, नृत्य विधा हेर्ने आधिकारिक निकाय हो।

विगतमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान अन्तर्गत नै रहेकोमा विधागत रुपमा अलगअलग प्रज्ञा प्रतिष्ठानहरु बन्नु पर्छ भन्ने मान्यतामा आधारित रहेर नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान पनि गठन भएको हो।

जनआन्दोलनको एउटा मागको रुपमा रहेको यी प्रज्ञा प्रतिष्ठानहरुको गठनमा हरेक पल्ट विवाद रह“दै आएको छ । अघिल्लो पटक त सर्वोच्च अदालतले सरकारको निर्णयलाई खारेज गर्दै नियुक्तिलाई रद्द समेत गरेको थियो । यस पटक पनि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको गठन प्रक्रिया ऐन सम्मत नभएको कारण जनाउ“दै मुद्दा सर्वोच्च अदालतमा मुद्दा परिसकेको अवस्था छ । र, सम्माननीय सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी भईसकेको छ । न्यायका लागि लडिरहनु भएका तमाम सर्जकहरु प्रति हाम्रो ऐक्यवद्धता रहेको छ । साथै, कानून मिचेर गरिएका कुनै पनि नियुक्तिहरु प्रति हाम्रो असहमति छ र रहनेछ।

प्रज्ञा प्रतिष्ठानहरुको गठनमा बारम्बार विवाद हुनु संस्थाको प्राज्ञिकतालाई नै चुनौती बन्दै गईरहेको छ, यसले प्रज्ञा प्रतिष्ठानहरुको महत्व र उचाईलाई बारम्बार घटाई नै रहेको छ।

प्रज्ञा गठनमा हरेक पल्ट विवाद भईरहनुमा खासगरि यसको गठन प्रक्रियामा भएको नीतिगत त्रुटी नै मुख्य कारण हो भनेर हामीले बारम्बार भनिरहेका छौं । प्रज्ञा प्रतिष्ठानहरुको आवश्यकता र औचित्यका आधारमा ऐनले व्यवस्था गरे अनुसारको स्वार्थरहित नियुक्ति गर्ने हो भने विवाद नै आउ“दैन । तर, हरेक पल्ट शासकहरु यस्ता नियुक्तिहरुमा आप्mनो स्वार्थनिहित नियुक्ति गर्न खोज्छन् र विवाद छताछुल्ल हुने गरेको छ ।

अतः नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको गठन ऐनको भावना र व्यवस्था अनुसार नै गरियोस् भन्ने जोडदार माग गर्दछौं ।
हामीले यस अघि पनि भनेको थियौं –
प्रज्ञा प्रतिष्ठानहरु कुनै एउटा क्लब जस्तो संस्था होईन, यो आफैले क्रियाकलापहरु गर्ने भन्दा पनि देशभरिका सरोकारवाला संस्थाहरुलाई क्रियाशील बनाउने यसको योजना हुनु पर्दछ।

नाटक, नृत्य, संगीत प्रस्तुत्य कला भएकोले यसमा अभ्यासरत प्रतिभाशाली व्यक्तित्वहरु नै यसको उपयुक्त पात्रहरु हुन्, किताबी वा डाक्टर पदवीधारी विद्वान पात्रहरु दोश्रो प्राथमिकतामा मात्र आउनुपर्छ ।

राजेन्द्र रिमाल
का.वा. अध्यक्ष
नाट्यकर्मी महासंघ नेपाल





Comments

comments

Leave a Reply

26708