भ्रममा नपर्न ब्रिटिश गोरखा दाजुभाइ तथा परिवारलाई हार्दिक अनुरोध

प्रेस बिज्ञप्ति

आदरणीय सम्पूर्ण ब्रिटिश गोरखा दाजुभाइ तथा परिवार एवं सम्बन्धित सबैमा अभिबादन!

गत सोमबार बसेको प्रतिनिधिसभा राज्य ब्यबस्था बिभाग तथा सुशासन समितिको बैठकले संशोधन प्रस्ताब पारित गरेको भनिएको खबरप्रति सम्पूर्ण बृटिश गोरखा भूपूहरू भ्रमित नहुन हार्दिक अनुरोध गर्दछु। किन कि यो बिषय हाम्रो बृटिश गोरखाहरूसंग संबन्धित नभई एनआरएनले राखेको संशोधन प्रस्ताबसंग मात्र संबन्धित रहेको कुरा यहाँहरूलाई स्पष्ट पार्न चाहन्छु।

बृटिश गोरखा नेपाली नागरिकता निरन्तरता संघर्ष समितिले राखेको माग एनआरएन परिचय पत्र ( नागरिकता ? ) नभई साबिकको बंशजको आधारमा नेपाली नागरिकता निरन्तरता कायम होस् भन्ने हो । जसको निम्ति हाम्रा संघर्ष समितिका मित्रहरू सरकारको बिभिन्न निकाय र राजनीतिक पार्टीहरूसंग निरन्तर छलफल र संबादमा लागिरहनु भएकै छ। आशा गरौं निकट भबिष्यमै प्रतिनितिधि सभा राज्य ब्यबस्था तथा सुशासन समितिले हाम्रो यस मागको सम्बन्धमा सकारात्मक निर्णय गर्ने छ।

त्यतिञ्जेल सम्मका लागि सरकारलाई हाम्रो मागप्रति थप दबाव सृजना गर्ने उद्देश्यले सम्पूर्ण गोरखा भूपू र परिवारहरूबाट हस्ताक्षर संकलन गर्ने अभियानलाई तीव्रता दिइरहेका छौं । यसको निम्ति सबैले जति सक्दो छिटो हाम्रा केन्द्रीय समितिका पदाधिकारी तथा क्षेत्रीय संयोजकज्यूहरूसंग संपर्क गरी हस्ताक्षर संकलन अभियानलाई सहयोग गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु।

सन्तोष थलङ
यूके-नेपाल संयोजक
बृटिश गोरखा नेपाली नागरिकता निरन्तरता संघर्ष समिति ।
(BGNCCSC – UK/Nepal)

 

 

फाइल फोटो

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

26734