सहमति बिना तोडियो डा. केसीको अनशन

काठमाडाैं – मेडिकल क्षेत्रमा सुधार गर्नुपर्ने माग गर्दै २४ दिनदेखि अनशन बस्दै आउनुभएका डा. गोविन्दे केसीले शुक्रबार १६ औँ अनशन तोडेको घोषणा गर्नुभएको छ।

सरकारले तयार पारेको मेडिकल शिक्षा विधेयक फिर्ता गर्नुपर्ने, चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय कार्यदलले तयार पारेको विधेयकको भावना विपरीत संसदमा आएको चिकित्सा शिक्षा विधेयक फिर्ता लिनुपर्ने माग गर्दै डा. केसीले इलामबाट अनशन सुरु गर्नुभएको थियो।

सरकारले डा. केसीले उठाउँदै आएको माग ९५ प्रतिशत पूरा भएको बताउँदै अनशन बसिरहेकै अवस्थामा संसदको दुवै सदनबाट उक्त विधेयक बहुमतले पारित गराएको थियो । १६ औँ पटकको अनशन २४ दिनमा प्रवेश गर्दा पनि सरकारले डा. केसीको जीवन रक्षाका लागि कुनै पहल नगरेपछि नागरिक समाजको पहलमा डा. केसीलाई अनशन ताडाउन आग्रह गरेबमोजिम उहाँले अनशन तोड्नुभको बताइएको छ। नेपाल समाचार पत्रले खबर छापेको छ।





Comments

comments

Leave a Reply

26752