मध्यतराईमा पूर्वराजा ज्ञानेन्द्रको बढ्यो चलखेल

काठमाडौँ, करिब दुई सातादेखि सिमरा बस्दै आउनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाटलाई तीव्रता दिनुभएको छ।

पूर्वराजाले सोमबार बेलुकासम्म २ सय ५० जनाभन्दा बढीसँग भेट गर्नुभएको छ।

नितान्त व्यक्तिगत भ्रमण भन्दै मध्यतराई र पूर्वी तराईको भ्रमणमा निस्कनुभएका ज्ञानेन्द्रले तराईका राजावादीलगायत विभिन्न व्यक्तिसँग भेट गर्नुभएको छ।

भेटमा सबैले पूर्वराजालाई सक्रिय हुन आग्रह गरेका थिए । सिमरास्थित प्रभु शमशेरको निवासमा बस्दै आउनुभएका ज्ञानेन्द्रले हिजो सोमबार सिमरास्थित राममन्दिरमा पूजाअर्चना गर्नुभएको थियो।

केही दिन सिमरा बसाइपछि उहाँ सपरिवार झापा जाने कार्यक्रम रहेको छ । पूर्वरानी कोमल, निजी सचिव सागर तिमल्सिना र केही आफन्तसँग सिमरा बस्दै आउनुभएका ज्ञानेन्द्र करिब डेढ महिना लामो कार्यक्रम लिएर मध्य र पूर्वी नेपाल भ्रमणमा निस्कनुभएको छ। नेपाल समाचारपत्रमा खबर छापिएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

26780