कवि एवं आख्यानकार राजन मुकारुङ कतारमा सम्मानित

तिलविक्रम थेवे/ एचकेनेपाल डट कम-
दोहा कतार। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, संन्ध्याग्रुप अलखोर र नवोदित साहित्यिक वाचनालय कतारद्धारा आयोजित १०५औ लक्ष्मी जयन्ती समारोहमा–२०७१ मा आफ्ना रचनाहरुको एकल वाचन गर्न आयोजकहरुको निमन्त्रणामा कतार आएका दमिनी भिर उपन्यासका लागि मदन पुरस्कार प्राप्त गरिसकेका कवि एवं आख्यानकार राजन मुकारुङ्गलाई संन्ध्या ग्रुप अलखोरले गतहप्ता एक कार्यक्रमका विच सम्मान गरेको छ।

अध्यक्ष थर्चा लामाको सभापतित्व, प्रमुख सल्लाहकार बिरेन्द्र याक्थुम्बाको संचालन र महासचिव उमेश बस्नेतको स्वागत मन्तव्य रहेको उक्त सम्मान कार्यक्रममा प्रमुख अथिति अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरका अध्यक्ष तिर्थसंगम राईले विगतदेखिनै कतारका तीन साहित्यिक संस्थाहरुले ख्यातिप्राप्त कविहरुलाई कतारसम्म ल्याएर साहित्य फाँटका राष्ट्रका अमुल्य निधीहरुको कृति र उहाँहरुलाई सम्झना गर्दै उहाँहरुको स्मरणमा अनेक कार्यक्रमहरु आयोजना गर्दै आइरहेको बताउदै नेपालबाट कवि आख्यानकार, साहित्यकारहरुलाई निमन्त्रणा गरेर उहाँहरुलाई सम्मान गर्ने परम्परा समेत रहिआएको बताए।

बिशेष अतिथि एनआरएनए एनसीसीका उपाध्यक्ष कुमार कार्की, नबोदित साहित्य वाचनालयका द्धितीय उपाध्यÔ बिन्देश्वर ठाकुर लगायतले कवि मुकारुङ्गको मदन पुरस्कार प्राप्त उपन्यास दमिनी भिर लगायतका कविको लेखकिय क्षमता, गहकिला र चोटिला कृतिहरुको प्रसंशा गरेका थिए।

संस्थाद्धारा सम्मानित कवि राजन मुकारुङ्गले बोल्ने क्रममा देशको विविध पक्षलाई साहित्यको माध्यमबाट आफूले सम्प्रेषण गर्दै आएको स्मरण गराउदै समाजमा विद्यमान रहेका जाति, भाषा, वर्ग शोषण, वर्ग विभाजन, जातियता, भेदभाव, दलित, उत्पीडित जस्ता विसंगतिहरुको साहित्यको माध्यमबाट चिरफार गर्ने प्रयास विगत पन्द्रह वर्षदेखि गरिरहेको कविले कथन गर्दै यिनै विषयहरुको वरिपरि रहेर यथार्थपरक कथाबस्तु बोकेको दमिनी भिर उपन्यास र हेत्छुकुप्पा लगायतका आफना कृतिहरु रहेको झण्डै एक घण्टा लामो मन्तव्यमा चर्चा गरे।

कवि एवं आख्यानकार राजन मुकारुङ्गलाई संस्थाका अध्यक्ष थर्चा लामाले सम्मानपत्र, कलम प्रदान गरे। संस्थाका सल्लाहकार बिजयकुमार यादवले मायाको प्रदान गरेका थिए भने अन्य अतिथीहरुले खादा ओढाएर कविप्रति सम्मान भाव व्यक्त गरेका थिए।

झण्डै डेढ दशकदेखि कतारमा विभिन्न कोणबाट साहित्य, कला र संस्कृतिको सम्बर्धन र प्रवर्धन गर्दै आइरहेको सामाजिक तथा साहित्यिक संस्था, साहित्य फाँटतर्फको उपसमितिको रुपमा मुग्लानी सौगात द्धैमासिक साहित्य समिति समेत सक्रिय रहेको संन्ध्याग्रुपका अध्यÔ थर्चा लामाले कवि मुकारुङ्गलाई उहाँले नेपाली साहित्यमा विशिष्ट योगदान पुरयाएको तथा राष्ट्र र समाजलाई नै रुपान्तरण गर्न सहित्यको क्षेत्रबाट महत्वपुर्ण योगदान पुरयाउने राष्ट्रका स्रष्टा र सर्जकलाई सम्मान गर्न पाउनु संस्थाको लागि गौरवको कुरा भएकोे बताए।





Comments

comments

2679