दूरी घटाउन ओली–दाहाल भेट

काठमाडौं, भेनेजुएला राजनीतिक संकटलाई लिएर जुहारीमा उत्रिएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहालबीच शनिबार भेटवार्ता भएको छ।

उनीहरुबीच शनिबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको हो । भेटमा भेनेजुएलासम्बन्धि विज्ञप्तिले उब्जाएको विवाद तथा पार्टी एकीकरण विषयमा कुराकानी भएको स्रोतले जनाएको छ।

‘दुई अध्यक्षका फरकफरक धारण सार्वजनिक भएपछि त्यसले पार्टीभित्र अन्योल जन्माउनुका साथै विवाद पनि बढाइरहेको बेला दुई अध्यक्षको भेटले सार्थकता रुप लिएको छ’ बालुवाटार स्रोतले भन्यो। स्रोतका अनुसार पार्टीभित्रकै नेताहरुले दुई अध्यक्षका भनाईलाई आआफ्नो तरिकाले व्याख्या गर्न थालेका थिए। नागरिक दैनिकमा टपेन्द्र कार्कीले समाचार लेखेका छन्।





Comments

comments

Leave a Reply

26848