बेला न कुबेला भेनेजुएला

काठमाडौं, २७ माघ । अचेल जताततै एउटा भनाइ सुनिन्छ- बेला न कुबेला भेनेजुएला। कुनै साइनो-सम्बन्ध नभएको भेनेजुएला नेकपा र सरकारमा अहिले टाउको दुखाइ बनेको छ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली विदेशमा भएका बेला अर्का अध्यक्ष पुष्पकमल दाहालले निकालेको विज्ञप्तिले दुई अध्यक्षको सम्बन्धमा पनि तिक्तता बढाएको छ। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ।

यही विषयमा दुई दिन यताको ‘जुहारी’ पछि शनिवार विहानै नेकपाका अध्यक्षद्दय ओली र दाहालवीच वालुवाटारमा भेट भयो। भेनेजुएला संकटमा दिएको वक्तब्यपछि एक- अर्काले दुवैका अभिब्यक्तिलाई ‘ब्यक्तिगत’ अथ्याइँरहदा वढ्दै गएको असमझदारीका वीच नेकपाका दुई पाइलटका वीचमा भेट भएको हो।

भेनुजुऐला प्रकरणमा अध्यक्ष दाहाल ‘शब्दमा चिप्लिएको’ टिप्पणी प्रधानमन्त्री समेत रहेका ओलीले एक टेलिभिजन कार्यक्रम गरेपछि ओली-दाहाल सम्वन्धमा देखिने गरि नै असमझदारी वढेको थियो। तत्कालिन एमाले-माओवादी एकतापछि ओली-दाहालले एक-अर्काका विरुद्ध खास आलोचनात्मक अभिब्यक्ति दिएका थिएनन। ओलीले टेलिभिजन कार्यक्रममा समकक्षी अध्यक्षको वक्तब्यलाई ‘अमुक ब्यक्तिको वब्क्तब्य र शब्द चिप्लिएको’ भनेपछि दाहाल आक्रोशित थिए। उनले पनि ओलीलाई जवाफ दिने शैलीमा गृहनगर पुगेर ओलीका अभिब्यक्ति ‘ब्यक्तिगत भएको भन्दै अर्थ नहुने’ मात्रै वताएनन्, शुक्रवार सार्वजनिक कार्यक्रममै ओलीले नेतृत्व गरेको सरकारको कार्यशैलीमाथी पनि प्रश्न उठाईदिए।

भेनेजुएला वब्क्तयपछि देखिएको असमझदारी दाहालले सरकारको कार्यशैलीमा समेत लगेर थपिदिए। यसले यी दुई अध्यक्षका वीचमा असमझदारी वढन थालेको देखिएको छ। ‘संविधानको मर्म अनुसार सिंहदरवारको अधिकार प्रत्यायोजित गरिदै छ त ? स्थानिय तह र प्रदेशलाई कानुन, सुरक्षा, कर्मचारी र वजेट दिइदैछ त ? ’ दाहालले सरकारले संघीयता कार्यान्वयनलाई खेलाची ठानेको संकेत गदै शुक्रवारको एक कार्यक्रममार्फत चेतावनी दिएका थिए,-‘शान्ति प्रक्रिया र संविधानलाई हलुका ढंगले वुझिए अर्काे माओवादी जन्मिन्छ। त्यसले झन ठूलो खतरा ल्याउन सक्छ।’

प्रतिपक्षी नेता शेरवहादुर देउवाको भूमिका खुम्चिएको र नेकपाका अध्यक्ष दाहाल पनि मौन वस्न थालेको भनी टिप्पणी भईरहदा दाहालले ओली र सरकारमाथी नै एकाएक ‘फायर’ खोलेपछि नेकपाका दुई खेमाका वीचमा असमझदारी वढेको थियो। त्यही असमझदारी अन्त्य गर्ने उदेश्यले शनिवार दुई अध्यक्षका वीचमा भेट भएको नेकपा स्रोतले वतायो। प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले दुई अध्यक्ष वीचको भेटको पुष्टि गरे। तरअध्यक्षद्दयका वीचको कुराकानीका वारेमा उनी थप खुलेनन।

तर वालुवाटार स्रोतका अनुसार, दाहालसँगको भेटमा ओलीले सम्वन्धमा अविश्वास सिर्जना गर्नेतिर लाग्न नहुने धारणा राखेका थिए। ‘सञ्चारमाध्यम र टोलछिमेकमा हाम्रो सम्वन्ध विग्रेको भन्दै कुरा काट्न शुरु भएको छ, असमझदारी कही कतै छन् भने त्यसलाई हटाउनु पर्छ। सम्वन्ध विगार्नु हुन्न,’ ओलीको भनाई उदधृत गदै वालुवाटार स्रोतले भन्यो।





Comments

comments

Trending Now : निल्नु न ओकल्नु चिनियाँ जहाजः एक वर्षमा ६० करोड ६१ लाख घाटा