गौशालाका गाई मृत्यु प्रकरणः २२ सय गाई मरेको छैन, पैसाको लोभले संख्या बढाइयो

कैलाली – घोडाघोडी नगरपालिका गौशालामा मरेका गाईको संख्या गैरसरकारी संस्थाले बढाईचढाई सार्वजनिक गरेको खुलासा भएको छ।

२२ सयको संख्यामा गाई मरेको भन्दै गैरसरकारी संस्थाले प्रचारप्रसार गरेका थिए । नागरिक दैनिकमा दिलबहादुर छत्याल र पुष्पराज जोशीले समाचार लेखेका छन्।

‘तीनवटै गौशालामा गरी ७० भन्दा बढी गाई मरेका छैनन्,’ घोडाघोडी नगरपालिका–१० का धीरेन्द्र कठायतले भने, ‘बजेट तान्न केही एनजिओले ठूलो संख्यामा गाई मरेको अफवाह फैलाएका हुन्।’

गाउँका केही समूहले छाडा चौपाया पाल्न नगरपालिकासँग बजेट मागेका थिए । तर नगरपालिका आफैँ व्यवस्थापनमा जुटेपछि ती समूह असन्तुष्ट बनेका थिए । असन्तुष्ट समूहले समेत विभिन्न संस्थासँग मिलेर गाईको संख्या थप्दै अफवाह फैलाएको वडा नम्बर ४ का वडाध्यक्ष्य टेकबहादुर बुढाले बताए।





Comments

comments

Leave a Reply

26874