मानव तस्करीको ट्रान्जिट बन्दै नेपाल

काठमाडौँ, मानव तस्करीमा संलग्न अफगान गिरोहले नेपाललाई युरोपसम्म मानव तस्करीको ट्रान्जिट बनाएको तथ्य फेला परेको छ।

इरान, टर्की, दुबई, मलेसियामा बसेर तस्करहरुले इरानीलाई नेपाल ल्याई राहदानी फेरेर युरोपेली देशमा पठाउने गरेको अनुसन्धानबाट देखिएको खबर अन्नपुर्णपोस्टमा छ।

अनुसन्धानले टर्कीको इस्तान्बुलबाट उनीहरुले विश्वभर मानव तस्करीको सञ्जाल फैलाइरहेको देखाएको छ । ट्रान्जिटमा पर्ने सबै ठाउँका अध्यागमनका उनीहरुले सेटिङ गर्ने गरेको पनि अनुसन्धानबाट खेलेको छ । उनीहरुकाले टर्कीबाट केही इरानीलाई दुबई हुँदै त केहीलाई मलेसिया हुँदै काठमाडौं ल्याउने गरेका छन् । उनीहरुकै सेटिङमा इरानीहरु जाली राहदानीमा काठमाडौं आउने पत्ता लागेको हो।

गृहले सन् २०१८ भरि जाली राहदानीमा नेपाल भित्रिएका १५ इरानी निष्काशन गरेको थियो । ती सबै तेस्रो मुलुकको नक्कली राहदानीमा युरोप छिर्ने प्रयासमा थिए । जाली भिसा र राहदानीमा नेपाल भित्रने इरानीहरुको संख्या बढिरहेको छ।





Comments

comments

Trending Now : जसले गरे तीन करोड दान