गाउँलेले हिउँ पन्छाएपछि विमानस्थल सञ्चालनमा

डोल्पा । हिमपातका कारण अवरुद्ध डोल्पाको जुफाल विमानस्थल सोमबारदेखि सञ्चालनमा आएको छ।

स्थानीय बासिन्दाले धावनमार्गको हिउँ पन्छाएपछि विमानस्थल सञ्चालनमा आएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।

सुरक्षाकर्मी र स्थानीय बासिन्दाले दुई दिन लगाएर विमानस्थलमा जमेको हिउँ पन्छाएका हुन् । आइतबार एक सयभन्दा बढी स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा सुरक्षाकर्मी खटिएर धावनमार्गमा जमेको एक फिट अग्लो हिउँको परत पन्छाएको ठूलीभेरी नगरपालिका–९ का वडाध्यक्ष वीरमलकुमार भण्डारीले बताए।

विमानस्थल सुचारु भएपछि सोमबार नेपालगन्जबाट तारा, समिट र नेपाल एयरलाइन्सले पाँच उडान भरेको विमानस्थल कार्यालयले जनाएको छ।

हिउँ पन्छाउन मेयर गणेशबहादुर शाही, वडाध्यक्ष भण्डारी, जिल्ला प्रहरी प्रमुख डिएसपी अभदेश विष्ट, विमानस्थल सुरक्षाप्रमुख कमल शाह पनि खटिएका थिए।

हवाई सेवा सुरु भएसँगै जुफालमा अलपत्र यात्रु गन्तव्यमा गएका छन् । त्यस्तै, दैनिक उपभोग्य सामान पनि ढुवानी गरिएको छ।





Comments

comments

Leave a Reply

26888