नेकपाको राजनीतिक प्रतिवेदन गायबः अध्यक्षद्वय ओली र प्रचण्डबीच नै मनमुटाव

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टीभित्र राजनीतिक प्रतिवेदनको खोजी शुरु भएको छ।

स्थायी समिति बैठकमा अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित प्रकाशित गर्ने निर्णय गरेको एक महिना बितिसक्दा पनि राजनीतिक प्रतिवेदन सार्वजनिक हुन सकेको छैन।

गत मंसिर २९ गतेबाट शुरु भएको स्थायी समितिको बैठक पुस ९ गते सकिएको थियो । बैठकले अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदन परिमार्जन गर्न सुझाव दिएको थियो । सुझावलाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले स्वीकार गर्नुभएको थियो।

स्थायी समिति बैठकले गरेको निर्णयअनुसार राजनीतिक प्रतिवेदन सचिवालयमा पेस गर्नुपर्ने भएपछि अध्यक्षद्वयले प्रतिवेदनलाई अझै पूर्णता दिन सक्नुभएको छैन।

शीर्ष नेतृत्वमा देखिएको विवादका कारण पार्टीको सांगठनिक एकता प्रक्रिया लम्बिदैँ आएको छ भने राजनीतिक प्रतिवेदनले समेत पूर्णता पाउन सकेको छैन । स्थायी समितिको बैठकमा नेताहरुले अध्यक्षद्वयले संयुक्त रुपमा पेश गरेको राजनीतिक प्रतिवेदनको चर्को आलोचना भएको समाचार नेपाल समाचारपत्रमा मधुसून रायमाझीले लेखेका छन्।





Comments

comments

Leave a Reply

26894