हङकङबाट मिर्गौला पीडितलाई १२ लाख ६२ हजार सहयोग

हुम तमु / एचकेनेपाल डट कम –

पोखरा, १ फागुन। चारभञ्ज्याङ तमु समाज हङकङले मिर्गौला पीडित आशिकती घले गुरुङ र मञ्जित गुरुङलाई १२ लाख ६२ हजार ४६० रुपैया सहयोग हस्तान्तरण गरेको छ।

पर्वत जिल्ला चारभञ्ज्याङ अन्तर्गत फलेवास नगरपालिका वडा नं. ८ ठाना काफलबोट गाउ भई रुपन्देही जिल्ला, बुटवल उपमहानगरपालिका वडा नं.९, तिनाउ पथ निवासी आशीकति घले गुरुङलाई ७ लाख ५७ हजार ५ सय र पर्वत जिल्ला महाशिला गाउपालिका दाद्रा गाउ भई बुटवल निवासी नै अर्का १८ वर्षीय मञ्जिल गुरुङलाई ५ लाख ४ हजार ९६० रुपैया उपचार सहयोग हस्तान्तरण गरेको हो।

बुटवल १०, रामनगरस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत कक्षा १० मा अध्ययनरत १६ वर्षिया आशिकती गुरुङलाई भेटघाट एवं शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनको उपचारका लागि बाबा देवप्रसाद गुरुङ र आमा बिन्दु गुरुङलाई चारभञ्ज्याङ तमु समाज हङकङका नवनिर्वाचित अध्यक्ष, युवा समाजसेवी गंगाबहादुर गुरुङले ७ लाख ५७ हजार ५ सयको चेक हस्तान्तरण गर्नुभएको हो। सहयोग रकम हस्तान्तरण गर्नुहुदै अध्यक्ष गुरुङले मानवीय तथा सामाजिक सेवाका लागि सहयोग गर्नुभएका चारभञ्ज्याङ तमु समाज हङकङका सदस्यहरु,सहयोगीहरु र कार्यक्रमको चाँजोपाँचो मिलाउने तथा साथ दिनुहुदै सबैलाई धन्यवाद दिनुहुदै आशिकतीको स्वास्थ्योपचारका लागि अझै थप सहयोग गर्ने बताउनुभयो।संघ संस्था, समाज भनेकै सेवाका लागि भएकाले अत्यन्तै व्यस्त हङकङको सयममा पनि एक हप्तामै उक्त रकम संकलन गर्न सफल भएको बताउनुहुदै यस अभियानमा समाजका महासचिव राजु गुरुङलाई भुमिका रहेको भन्नुहुदै विशेष विशेष धन्यवाद दिनुभयो।

रकम हस्तान्तरणका लागि चारभञ्ज्याङ तमु समाज अन्र्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष क्या.चन्द्रप्रसाद गुरुङ, महासचिव हुमबहादुर गुरुङ, तमु धिं युके आमा समितिकी निवर्तमान अध्यक्ष प्रेमा गुरुङ, चारभञ्ज्याङ पोखराकी सदस्य माया घले बुटवल पुग्नुभएको थियो।

स्वास्थ्योपचार सहयोग रकम ग्रहण पश्चात पीडितका बाबा देवप्रसाद गुरुङले आफ्नो आर्थिक अवस्था कमजोर भइ १६ वर्षिया छोरीको उपचार गर्न सक्दिन की भन्ने अवस्थामा चारभञ्ज्याङ तमु समाज हङकङ भगवानकै रुपमा अस्पतालमा सहयोग प्रदान गर्न आउदा अत्यन्तै भावुक बनेको बताउनुभयो। चारभञ्ज्याङ हङकङको सहयोग मात्रै होइन आर्शिवाद समेत प्राप्त भएकाले छोरी छिट्टै निको हुने खुशीको आँसु टिलपिलाउदै आमा बिन्दु गुरुङको विश्वास थियो।

मिर्गौला पीडित आशिकती घले गुरुङ पुस २७ गतेबाट हप्तामा दुइ पटक गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा डाइलासिस गराउदै आएकीछिन्।उनीलाई अहिले केही निमोनिया समस्या देखिए पछि उक्त अस्पतालको सघन उपचार कक्षमा राखी उपचार भइरहेको छ। उनको स्वास्थ्य सुधारको अवस्थालाई मध्यनगर राख्दै सक्दो छिटो मिर्गौला प्रत्यारोपणको प्रवन्धतर्फ लाग्ने उपचारमा संलग्न डा.रजत कायस्थले जानकारी दिनुभयो।डाक्टर कायस्थको अनुसार शुरुको अवस्था भन्दा निकै सुधारोन्मुख रहे पनि निमोनियाका कारण सघन कक्षमै राखेर उपचार गरिएको बताउनुभयो।

यसरी नै यसभन्दा एक हप्ता अघि मात्र अर्का मिर्गौला पीडित मञ्जिल गुरुङको उपचारका लागि चारभञ्ज्याङ तमु समाज हङकङले ५ लाख ४ हजार ९६० रुपैया उपचार सहयोग थियो। मञ्जिलको अहिले भारतमा उपचार भईरहेको पारिवारिक श्रोतले जानकारी दियो।

सहयोग रकम हस्तान्तरणका लागि पोखराबाट बुटवल पुगेको चारभञ्ज्याङ तमु समाज हङकङका अध्यक्ष गंगाबहादुर गुरुङ, चारभञ्ज्याङ तमु समाज अन्र्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष क्या.चन्द्रप्रसाद गुरुङ, तमु धिं युके आमा समितिकी निवर्तमान अध्यक्ष प्रेमा गुरुङ, चारभञ्ज्याङ तमु समाज अन्तराष्ट्रिय समन्वय समितिका महासचिव पत्रकार हुमबहादुर गुरुङ, चारभञ्ज्याङ पोखराकी सदस्य माया घले गुरुङ डाडा व्यवस्थापन समिति, गुरुङ डाडा तमु समाज, आमा समिति र बुटवल १२ स्थित ओम मणी पद्मे जित छ्योफेल लि· बौद्ध गुम्बा समितिले खादा, भाङ्ग्रा र क्रमुले स्वागत गरेको थियो।

गुरुङ डाडा समाज घरमा आयोजित स्वागत कार्यक्रममा गुरुङ डाडा व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष देवप्रसाद गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुहुदै दुख सुखमा देश विदेशका चारभञ्ज्याङ तमु समाजको एकताले आफुहरु अत्यन्तै गौरब गरिरहेको भन्दै विशेष गरी चारभञ्ज्याङ हङकङप्रति आभार व्यक्त गर्नुभयो।

कार्यक्रममा चारभञ्ज्याङ आइसिसिका अध्यक्ष क्या.चन्द्रप्रसाद गुरुङले किशोरावस्थामा मिर्गौंलाको समस्यामा रहेका आशिकती र मञ्जिलका लागि हङकङको यथाशीघ्र अभियानप्रति धन्यवाद दिनुहुदै दुवैजनाको सहयोगका लागि युके, पोखरा र काठमाण्डौं चारभञ्ज्याङले पनि सहयोग संकलन अभियान गरिरहेको बताउनुभयो। चारभञ्ज्याङ तमु समाज हङकङमा अत्यन्तै क्रियाशील, सिर्जनशील युवाहरुको नयाँ टिमले नयाँ जोशका साथ जुटेकोमा खुशी हुदै धन्यवाद व्यक्त गर्नुभयो। हङकङमा उहाँले अब चारभञ्ज्याङ युके, हङकङ, पोखरा र काठमाण्डौं मात्रै होइन बुटवल, भैरहवा, नवलपरासी र चितवनमा पनि गठन गर्नुपर्ने हुनुपर्ने उहाँको आग्रह थियो।





Comments

comments

Leave a Reply

26907