बिहे भोजमा गएकी बालिकालाई जलाएर हत्या

काठमाडौं । धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा ११ बर्षीया बालिकालाई जलाएर हत्या गरिएको छ।

बुधबार राती बिहे भोजपछि हराएकी हरिहरपुर मगरटोलकी रेश्मा(दुत्तिया) रसाइलीको शव बिहीबार बिहान जलेको अवस्थामा भेटिएको हो।

इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार शरीरको अगाडि भाग पूरै जलेको अवस्थामा घरभन्दा ७ सय मिटर पर उखुबारीमा शव भेटिएको हो।

‘प्रारम्भिक अनुसन्धानमा बालिकाको हत्या भएको देखिन्छ’, प्रहरी प्रमुख एसपी शेखर खनालले भने, ‘शरीर पुरै जलेको छ । हत्या मात्र हो कि बलात्कार पनि हो भन्ने बुझ्न पोष्टमार्टम रिपोर्ट कुरिरहेका छौं ।’

शवको बिहीबार अवरान्ह जनकपुर अन्चल अस्पतालमा पोष्टमार्टम गरिएको खबर कान्तिपुर दैनिकमा छ।





Comments

comments

Leave a Reply

26935