आफ्नै अपहरणको झुटो नाटक गरेर फिरौती लिन खोज्ने ३ पक्राउ

जनकपुरधाम । आफ्नै अपहरणको झुटो नाटक गरेर अभिभावकसँग फिरौती रकम लिन खोज्ने तीनजनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा जनकपुरधाम उपमहानगरपालिका-१७ बेलौनीका २२ वर्षीय अजयकुमार साह, वडा नम्बर २३ का समसाद नदाफ र रौतहट गढीमाई नगरपालिका–८ का अरविन्द यादव रहेको प्रहरीले जनाएको छ ।

अपहरण भएको झुटो नाटक गरी अभिभावकसँग ५ लाख रकम ठग्न चाहेका थिए भने समसाद र अरविन्दले सहयोग गरेको पत्रकार सम्मेलनमा धनुषाका एसपी शेखर खनालले जानकारी दिएका छन् ।

साथीको जन्म दिन मनाउन गएका अजय अपहरणमा परेको र रिहा गर्न १५ लाख फिरौती दिनुपर्ने भन्दै अरविन्दले अजयका अभिभावकलाई फोन गरेका थिए । छोरा अपहरणमा परेको भन्दै अजयका अभिभावकले प्रहरीमा उजुरी गरेका थिए ।

पछि ५ लाख फिरौती दिने सहमतीअनुसार रकम लिन उनीहरुले अजयका अभिभावकलाई महोत्तरीको बर्दिवास आउन भनेका थिए । काठमाण्डौं लुकेर बसेका तीनैजना फिरौती रकम लिन बर्दिवास पुगेपछि प्रहरीले पक्राउ गरेको थियो ।

अनुसन्धानको क्रममा घटनाका मुख्य योजनाकार अजय रहेको खुल्न आएको एसपी खनालले जानकारी दिए ।

अजयले मोटरसाइकल खरिद गरी भारतको गोवा घुम्न जाने योजनाका साथ अपहरणको नाटक रचेको प्रहरीको अनुसन्धानमा खुलेको छ । पक्राउ परेका तीनै जनाविरुद्ध सार्वजनिक हतसम्बन्धी मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। राजधानीमा खबर छ।





Comments

comments

Leave a Reply

26937