भारतीय ज्वाइँलाई छोरा भन्दै नेपाली नागरिकता दिने पक्राउ

राजविराज, भारतीय नागरिक रहेका ज्वाइँलाई छोरा बनाई नेपाली नागरिकता दिलाउने एक व्यक्तिलाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ।

छिन्नमस्ता गाउँपालिका, ६ का उत्तमलाल साह तेलीलाई भारतीय नागरिक ज्वाइँका लागि किर्ते गरी नेपला नागरिकताको प्रमाणपत्र बनाइदिएको आरोप लागेको समाचार कान्तिपुरले छापेको छ।

पक्राउ परेका साहले भारतको बिहार राज्यअन्तर्गत लौकही प्रखण्डको अन्धरामन्ठ थानाको नरेन्द्रपुर पञ्चायतका उनलाई नेपाली नागरिकता बनाइदिएको जाहेरीका खाधारमा नियन्त्रमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको ज्वाइँलाई ०६३ माघ १४ गते नेपाली नागरिकता बनाइदिएका थिए। पक्राउ गरिएका साहका ज्वाइँ भने फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनायो।





Comments

comments

Leave a Reply

26977