बलात्कारपछि घाँटी थिचेर हत्या, प्रमाण नष्ट गर्न शव जलाइयो

जनकपुरधाम – बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका हम्ली डन भन्ने नीरज जर्घा मगरलाई धनुषा प्रहरीले सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले मंगलबार पत्रकार सम्मेलन गरी अभियुक्त मगरलाई सार्वजनिक गरेको हो । उनलाई प्रहरीले धनुषाकै विदेह नगरपालिका–२ दुहबीबाट सोमबार पक्राउ गरेको समाचार नयाँ पत्रिका दैनिकमा हदिश खुद्दारले लेखेका छन्।

बटेश्वर गाउँपालिका–४ बैगाली टोल बस्ने हम्ली डन भनिने २२ वर्षीय मगरले २ फागुनमा मिथिला नगरपालिका–३ बस्ने देवनारायण रसाइलीकी ११ वर्षीया छोरी दुतियालाई बलात्कारपछि हत्या गरेको प्रहरीको भनाइ छ।


अँध्यारो भएपछि बालिकालाई उखुबारीमा लगी बलात्कार

गत १ फागुनमा दुतियाबाबु देवनारायणसँगै छिमेकी इन्द्र थापा मगरकी छोरी मन्दिरा थापाको बिहेको भोजमा गएकी थिइन् । सांस्कृतिक कार्यक्रममा दुतियाले नाचगान गरिन् । त्यही वेला बिजुली गएपछि सांस्कृतिक कार्यक्रम बीचमै रोकियो।

अँध्यारो भएको मौका छोपी मगरले दुतियालाई चाउचाउ र फ्रुटी किनिदिने भन्दै ललाइफकाई गरी खोलाको बाटो हुँदै घरबाट करिब दुई सय मिटर पर पोखरीको छेउमा रहेको उखु खेतमा लगेर बलात्कार गरे । गाउँमा आफ्नो पोल खोलिदिने डरले मगरले दुतियाको घाँटी थिचेर हत्या गरेका थिए।

हत्यापछि दुतियाको शव लुकाउन र फिंगर प्रिन्टलगायतका प्रमाण नष्ट गर्ने उद्देश्यले शवमाथि उखुको सुकेको पात, कपडा र चप्पल राखेर लाइटरले आगो लगाई मगर पुनः सांस्कृतिक कार्यक्रममा सहभागी भए।

राति साढे ११ बजे उनी सांस्कृतिक कार्यक्रमबाट निस्केर मामाको घरमा सुतेका थिए । ३ फागुन बिहीबार बिहान घटनाबारे गाउँमा हल्ला भएपछि उनी पनि घटनास्थल पुगेका थिए । पछि पक्राउ पर्न सक्ने डरले उनी गाउँ छाडेर भागेका थिए।





Comments

comments

Leave a Reply

26985