बम्जन पक्राउ नगरेकोमा संसदमा आक्रोश

काठमाडौं – राष्ट्रियसभाको बैठकमा ‘अनुयायीलाई बेपत्ता पार्ने र बलात्कारसमेत गरेको’ आरोप लागेका रामबहादुर बम्जनलाई पक्राउ नगरेको विषय उठेको छ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद कोमल वलीले बम्जनबारे विभिन्न प्रमाण बाहिर आउँदा पनि सरकारले किन पक्राउ नगरेको भन्दै प्रश्न उठाएकी हुन्।

‘विभिन्न हत्या र बलात्कार गरेको आरोप लागेका बम्जनलाई अझै सरकारले किन पक्राउ नगरेको हो ? जबकी म बलात्कृत भएँ, पीडित भएँ भनेर सार्वजनिकरूपमा बोलिरहेका छन्,’ वलीले प्रश्न गरिन्, ‘यसबारे सरकारले के कस्तो धारणा बनाएको छ, पक्राउ हुन्छ कि हुँदैन ?’ बाराका बम्जनले आश्रम खोलेर युवतीहरूलाई बलात्कार गर्ने र बेपत्ता पार्ने काम गरेको भन्दै पछिल्लो समयमा घटना सार्वजनिक हुँदै आएका छन्।

गृहमन्त्री रामबहादुर थापाले सांसद वलीले उठाएको प्रश्नको जवाफ दिँदै भने, ‘सो घटनावारे सरकार जानकार छ, यस घटनालाई सरकारले हल्का नभई गम्भीररूपमा लिएको छ,’ गृहमन्त्री थापाले भने, ‘आवाश्यक छानबिन सुरु भइसकेकाले निष्कर्ष आउन साथ परिणाम सार्वजनिक हुनेछ।’ उनका अनुसार सो घटनाका वारेमा प्रहरीले गम्भीररूपमा अनुसन्धान गरिरहेको छ। राष्ट्रियसभाका सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै निर्मला हत्या प्रकरणमा गैरजिम्मेवार काम गरेको आरोपमा बर्खास्तीमा परेका प्रहरी अधिकृतलाई फौजदारी अभियोग लगाउन सकिनेबारे सरकाले सोचिरहेको गृहमन्त्रीको भनाइ थियो। ‘सो घटनाको सही अनुसन्धान गर्न नसक्ने प्रहरी अधिकृतलाई सुरुमा निलम्बन गरियो, त्यसपछि छानबिन भयो र बर्खास्त गरियो, अब पनि छानबिन जारी छ, आवाश्यक परेमा फौजदारी अभियोगमा मुद्दा चलाउन सरकार तयार छ,’ गृहमन्त्री थापाले भने। उनका अनुसार निर्मला हत्या प्रकरणको दोषी पत्ता लगाउन प्रयास सफल हुन नसकेको उल्लेख गर्दै प्रयास भने निरन्तर जारी राखिएको खबर नागरिक दैनिकले छापेको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

27008