एनआरएन कोलोराडो च्याप्टरको अध्यक्षमा कुमारजंग कार्कीको उमेद्धारी घोषणा


नातिबाबु भट्ट

कोलोराडो, अमेरीका। एनआरएन कोलोराडो च्याप्टरको आगामी निर्वाचनको लागी बर्तमान उपाध्यक्ष कुमारजंग कार्कीले अध्यक्ष पदमा उमेद्धारी घोषणा गरेका छन्।

कोलोराडोमा १५ बर्ष अगाडीदेखि स्थाई बसोबास गर्दै आएका कुमारजंगले आगामी मे महिनामा सम्पन्न हुन गईरहेको कोलोराडो च्याप्टरको निर्वाचनमा अध्यक्ष पदमा उमेद्धारी घोषणा गरेका हुन् । कोलोराडो च्याप्टरमा दुई कार्यकाल कामगरी अनुभव बटुलेका कार्की कोलोराडोमा परिचित रहेका छन्।

नेपालीहरुको साझा संस्था नेपाली घरको उपाध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका सल्लाहकार सदस्यलगायत बिभिन्न सामाजिक संघ संस्थामा आबद्ध रहेका कार्की एनआरएन हेल्पडेक्स कोलोराडो च्याप्टरका संस्थापक संयोजक हुन् । उनले आफू कोलोराडोमा प्रस्तावित नेपालीहरुको सामुदायिक भवन निर्माणकोलागी सकृय रुपमा लागीपर्ने, यस कर्मभूमिमा नेपालीहरुको हकहित र अधिकारकोलागी सबै संघ संस्थाहरुसंग एकजुट भएर अगाडी बढ्ने प्रतिबद्धता जनाएका छन् । कार्कीले आफ्नो गतिविधी नेपाली समाजमा खुल्ला किताव सरह रहेको बताएका छन्।

उनले यूवाको सकृय सहभागिता, अग्रजको मार्गदर्शन, समकालीनको उर्जाशील सहयोग र सुझावलाई आत्मासाथ गर्दै, सबै तह र तप्काका गैर आवासीय नेपालीहरुलाई गोलबन्द गरि हाम्रो एनआरएन, राम्रँे एनआरएन बनाउन अग्रशर रहने बताएका छन् । हामी भूतपूर्व नेपाली होईनौ “एक पटकको नेपाली सधैको नेपाली” हौ भन्ने मान्यतालाई ब्यवहारिक र कानुनी मान्यता स्थापितगर्न अझै आवाज बुलन्द गर्नुपर्ने उनको भनाई रहेको छ । भावी पुस्तालाई नेपाल संगको सम्बन्ध अटुट र ताजा बनाई राख्न एनआरएनले पुलको काम गरिरहनु पर्ने उनको मान्यता रहेको छ।

प्रवासी नेपालीहरुका यस्ता अनेकौ मुद्धाहरुको किनारा लगाई यसलाई बिवादरहित बनाउन च्याप्टरदेखि केन्द्रसम्म सकृय भूमिका निभाउन यस गरिमामय संस्थाको कोलोराडो च्याप्टरमा अध्यक्ष पदको उमेद्धारी घोषणा गरेको उनले बताएका छन् । नेपालको ओखलढुंगा जिल्लामा जन्मेका कुमारजंग कार्की सन् २००४ देखि कोलोराडोमा स्थायी बसोबास गर्दे आएका छन्।

एनआरएनको निर्वाचन नजिकिएसंगै कोलोराडो च्याप्टरका सचिव रामचन्द्र पन्त र बोर्डअफ डाईरेक्टर नवराज न्यौपानेले यसअघि नै अध्यक्ष पदको उमेद्धारी घोषणा गरिसकेका छन् । कोलोराडोमा आजीवन र साधारण गरि ३ सय भन्दा बढि सदस्य रहेका छन्।

यो हाम्रो कर्मभूमि अमेरिकामा अल्पसंख्यकमा रहेका हामी नेपाली अमेरिकनहरूक़ो हक़ र हितको सुरक्षार्थ एनआरएनले एक्यवद्वता जाहेर गरेर अगाडी बढ़नुको विकल्प छैन । एनआरएन जस्तो गरिमामय ग्लोबल संस्थाले स्थानीय संस्थाहरूसंग प्रतिस्पर्धी नभई सहकार्य गरेर अगाडी बढ़नेछ १ यस्तो गरिमामय संस्थाको च्याप्टरको अध्यक्षको उम्मेद्वारीको घोषणा सेवा गर्ने प्रतिबद्वताका साथ सगर्व गर्दछु र सबै संग सहयोगको लागि आग्रह गर्दछु।”





Comments

comments

Leave a Reply

27040