तिलोत्तमा गोल्डकपको उपाधि दफिन्सलाई

बुटवल, २१ औ तिलोत्तमा गोल्डकपको उपाधी दाफिन्स क्यामरुनले जितेको छ । सोमबार बुटवलस्थित एन्फा टेक्निकल सेन्टरमा भएको फाईनल प्रतिष्पार्धमा नेपाल पुलिसलाई सडेनडेथमा ५–४ गोलले हराउदै उपाधि जितेको हो।

यसअघि मनकामना पोखरा कप र बुढासुब्बा गोल्डकपको उपाधि जितेको दाफिन्सले तिलोत्तमा गोल्डकप जित्दै उपाधिमा ह्याट्रिक गरेको छ । नेपाल पुलिसका तर्फबाट पेनाल्टीमा गोल गर्दा दफिन्सका किपरले रोकिदिएपछि दाफिन्स क्यामरुनका खेलाडी नाइकोको गोलसगै दाफिन्स बिजयी भएको हो।

दोस्रो हाफमा नेपाल प्रहरीका तिर्थ राना मगरले गोल गरे पनि अफसाईड गोल भएको थियो । सडेन डेथमा नेपाल प्रहरीका तेज तामांगले प्रहार गरेको बल क्रसोले रोकीदिएका थिए । नियाले प्रहार गरेको गोल रोशन खड्काले रोक्न सकेनन र जालि चुम्न सफल भयो । यस अघि चार पटक तिलोत्तमा गोल्ड कप जितिससेको पुलिसटिमले पाचौ पटक उपाधि जित्ने सपना अफ्रिकन मुलुक क्यामरुनको दफिन्स क्लबले पुरा हुन दिएन् । पुलिस क्लबले यस अघि सबैभन्दा ठूलो पुरस्कार राशीको खप्तड कप जितेको थियो।

उपाधिसंगै दफिन्सले ८ लाख ८० हजार नगद सहित गोल्डकप प्राप्त गरेको छ।

प्रतियोगितामा बेस्ट गोलकिप्पर दाफिन्स एफसीका प्रिसो , बेस्ट स्ट्राइकर रबि पासवान , बेस्ट मिड फिल्ड नेपाल पुलिशका हेम तामाङ्ग, बेस्ट डिफेन्डरमा नेपाल पुलिसका बिक्रम धिमाल, बेस्ट कोच नेपाल पुलिसका अनन्त तामांग बनेका छन् । सबै उत्कृस्ट बनेका खेलाडी तथा कोचलाई जनही २५ हजार प्राप्त गरेका छन् । प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी लाली रुपन्देहीका आशिष गुरुङले स्कुटर प्राप्त गरेका छन््।

उपविजेताले नेपाल पुलिसले ५ लाख ५० हजार नगद पा्राप्त गरेका छन् । बिजेता तथा उपबिजेता टिमका खेलाडीहरुलाई रास्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशव कुमार बिस्ट, आयोजक रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष दीर्घबहादुर केसी लगायतले गोल्डकप, पदक, प्रमाणपत्र, नगद पुरस्कार प्रदान गरेका थिए।

दफिन्सलाई बुटवलमा पुरस्कार राशी नगदमै
पोखराकपको नगद पुरस्कार अझै उधारो

२१ औ संस्करणको तिलोत्तमा गोल्डकप बिजेता अफ्रिकन मुलुक क्यामरुनका खेलाडी रहेका दफिन्स टिमले पुरस्कार राशी नगदनै पाएको छ। आयोजक अखिल नेपाल फुटबल संघ रुपन्देहीले बिजेता टिमलाई ८ लाख ८० हजार रुपैया नगदनै प्रदान गरेको एन्फा रुपन्देहीका अध्यक्ष दिर्घ बहादुर केसी(कुमार)ले बताए।

यस अघि पोखरामा सञ्चालन भएको मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिता २०७५को बिजेता समेत रहेको दफिन्स टिमले अहिलेसम्म पुरस्कार बापतको रकम नपाएको बुझिएको छ।

दुई साताअघि अखिल नेपाल फुटबल संघ कास्कीद्धारा सञ्चालित उक्त फुटबलको फाईनलमा बिभागिय टिम एपिएफलाई १ः०ले पराजित गर्दै ७ लाख ५५ हजार रुपैया पुरस्कारसहित कप उठाएको दफिन्सले नगद पुरस्कार नपाई चेक पाएका थिए।

दफिन्सलाई आयोजकले पछाडीको मिति राखी चेक दिएको थिए । दफिन्सका प्रबन्धक सगुन श्रेष्ठका अनुसार आयोजकले अहिले पैसाहरु सबै उठेको छैन, स्पोन्सरबाट पनि उठन बाकी छ भन्दै ब्याक डेट चेक दिन्छौ भन्नु भयो, हामीले सरसल्लाह गरी समझदारीमा ब्याक डेटको चेक लियौ । खबर गरेपछि बैंकबाट सटही गर्नु होला भन्नु भएको छ प्रतिक्षामा छौ, तिलोत्तमा गोल्डकपमा नगद पुरस्कार पाएपछि मनकामना केबल कपको नगद पुरस्कार के भयो भन्ने प्रश्नमा श्रेष्ठको जवाफ थियो । उता एफिएफले पनि पुरस्कार बापतको रकम अहिलेसम्म प्राप्त नगरेको बुझिएको छ।





Comments

comments

Leave a Reply

27069