जसले वृद्धभत्ता ल्याएका थिए…

काठमाडौँ — पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ। ह्याम्स अस्पतालका निर्देशक डाक्टर भाष्करराज पन्तका अनुसार ८३ वर्षीय अधिकारीको शनिबार राति ९ बजेर ३५ मिनेटमा निधन भएको हो।

एक पटक भौतिक पूर्वाधार तथा यातायात र चार पटक अर्थमन्त्री भएका अधिकारी ‘आफ्नो गाउँ आफैं बनाऊँ’ कार्यक्रम र वृद्धवृद्धालाई मासिक भत्ता वितरण गर्ने नेताका रूपमा चर्चित छन् । उनले २०५१ सालमा सुरु गरेको वृद्धभत्ता अहिले मासिक २ हजार रुपैयाँ पुर्‍याइएको छ।

अधिकारीले २०७१ बाट सक्रिय राजनीति त्यागेका थिए । नेकपाका अहिलेका धेरैजसो आर्थिक नीतिहरू उनकै पालामा सुरु भएका हुन् । ‘आर्थिक मुद्दामा हाम्रा फरक मत थिए,’ पूर्वअर्थमन्त्री रामशरण महतले भने, ‘दृष्टिकोण फरक भए पनि उहाँको नियतमा शंका गर्ने कुनै ठाउँ थिएन । मुलुकले असल व्यक्ति गुमायो ।’ कृष्ण आचार्यले कान्तिपुरमा खबर लेखेका छन्।





Comments

comments

Leave a Reply

27136