मेरो गाउँ मेरो ठाउँ भिडियो प्रतियोगिता

आफ्नो गाउँलाई पर्यटकीय ठाउँ बनाउने अवधारणा राखेर वि विल राईज फाउण्डेसनले भिडियो च्यालेन्ज सार्वजनिक गरेको छ।

नेपाल भ्रमण बर्ष २०२० लाई टेवा पुगोस् भन्ने अभिप्राय राखेर फाउण्डेसनले नेपाल पर्यटन वोर्डसंग सहकार्य गर्दै उक्त कार्यक्रमको घोषणा गरेको हो । नेपालका धेरै गाउ“हरु अझैं पनि पर्यटकीय दृष्टिकोणले आकर्षक बनाउन सकिने देखेर भिडियो निर्माताहरुले कुनै पनि गाउ“को प्राकृतिक, सांस्कृतिक, भेषभुषा, खानपान, कला आदी जुनै पनि एउटा बिषयलाई आधार बनाएर भिडियो तयार पार्न सक्ने छन् । अहिले पर्यटकहरुको अत्याधिक आवागमन हुने क्षेत्रलाई पनि फरक ढंगले प्रस्तुत गर्न सकेमा पनि त्यस्ता भिडियोलाई प्रतियोगितामा समावेश गर्न सकिने तर भिडियो भने नेपालकै हुनु पर्ने प्रावधान रहेको छ।

फाउण्डेसनले कुनै पनि भिडियो निर्माताले आफुसंग रहेको स्मार्टफोनको एचडी क्वालिटिमा भिडियो खिचेर डकुमेन्ट्रि (सम्पादन, स्क्रिप्ट) समावेश गरेर भिडियो च्यालेन्जमा सहभागिता जनाउन सक्नेछन् भने त्यो भन्दा बढी गुणस्तरको भिडियो क्वालिटी भएपनि प्रतियोगितालाई मान्य हुने छ।

अधिकतम ५ मिनेटको हुनु पर्ने उक्त भिडियोको सबै पक्षको उत्कृष्टताको चयन गर्न डकुमेन्ट्रि निर्देशक छिरिङ रितार शेर्पा, लेखक तथा डमुमेन्ट्रि निर्माता मोहन मैनाली, डकुमेन्ट्रि एवं चलचित्र निर्देशक संझना उप्रेती रौनियार, बरिष्ठ साउण्ड विज्ञ प्रदिप उपाध्याय र नेपाल पर्यटन वोर्डको सिईओ दिपक जोशी निर्णायक रहनु भएको छ।

भिडियो निर्माताले आफुलाई मन परेको बिषयमा फाउण्डेसनको आधिकारीक वेवसाईट डब्लुडब्लुआरएफ डट ओआरजी डट एनपी धधचा।यचन।लउ मा गएर भिडियो च्यालेन्जमा रहेको फर्म भरेर जानकारी गराउनु पर्नेछ । यो प्रतियोगितामा सहभागि हुन कुनै किसिमको शुल्क लाग्ने छैन ।

निर्णायकहरुवाट चयन भएका उत्कृष्ट भिडियोहरुलाई फाउण्डेसनको युट्युव च्यानल, फेसबुक पेजमा राखेर प्रचार प्रसार गरिने छ । यसमा सर्वाधिक लाईक, कमेन्ट र सेयर हुने भिडियोलाई ‘पिपुल च्वाईस एवार्ड’ प्रदान गरिने छ । निर्णायक समितिले भने उत्कृष्ट भिडियोको निर्णय गर्ने छन् । दुबै विधामा पहिलो हुने भिडियोले १–१ लाख रुपैंया नगद पुरस्कार पाउने छन् । यो वाहेक नेपाल फिल्म एकेडेमीले करिव २ लाख बराबरको छात्रबृत्ति समेत दिने छ । प्रतियोगितामा फष्ट रनर्सअप हुने भिडियोले ५० हजार र सेकेण्ड रनर्सअप हुने भिडियोले २५ हजार पाउने छ । यसैगरि सर्वोकृष्ट सम्पादन र सर्वोकृष्ट स्क्रिप्ट भएको भिडियोले पनि २५–२५ हजार रुपैंया प्राप्त गर्नेछन् । जनवरी १ तारिखवाट शुरु हुने यो प्रतिस्पर्धा ४ महिनासम्म चल्ने छ।





Comments

comments

Leave a Reply

27161