म्यानचेस्टर युनाइटेडको खेल हेर्न मिस नेपाल श्रृंखला फ्रान्समा

रोशन मेवाहाङ्ग /एकचेनेपाल डट कम –

लण्डन, २४ फागुन । मिस नेपाल श्रृंखला खतिवडा च्याम्पियनस लिगको राउण्ड १६ अन्तर्गत म्यानचेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मन (पिएसजी) को खेल हेर्न फ्रान्स पुगेकी छन्।

नेपाल र फ्रान्सको कुटनीतिक सम्वन्धको ७० औ बार्षिकोत्सव मनाउन पेरिस पुगेको बेला मिस नेपाल श्रृंखलालाई यो खेल हेर्ने अवसर जुटेको हो। हरेक बर्ष नेपाल फ्रान्स द्विपक्षीय सम्वन्ध कायम राख्न उपस्थित श्रृंखलाले विश्वकप विजेता फ्रान्सका खेलाडी तथा म्यानचेस्टर युनाइटेडका आक्रमणकारी मिडफील्डर पोग्बा र उक्त क्लबका पूर्ब चर्चित मेनेजर सर एलेक्स फर्गुसनसँग तस्विर खिचेर आफ्नो सामाजिक सञ्जाल इन्स्ट्राग्राममा शेयर गरेकी छन्।

खेल सुरु भएको २ मिनटमा म्यानचेस्टर युनाइटेडका लुकाकुले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । बेल्जियमका राष्ट्रिय खेलाडी लुकाकुलाई सन् २०१६ मा पाँच बर्षकालागि करिब नेपाली रुपैयाँ ६८ करोडमा खरिद गरिएको थियो। अहिले लुकाकको मूल्य नेपाली रुपैयाँ एक अर्ब पच्चिस करोड तोकिएको छ। खेलको १२ औ मिनटमा पिएसजीका बनाटले आफ्नो तर्फबाट गोल गर्दै खेललाई केहई समयकालागि बराबरीमा लगेका थिए । बनाटको बराबरी खेललाई पुन लुकाकुले ३० औ मिनटमा गोल गर्दै मेनुलाई अग्रता दिलाएका थिए । अन्तिम चरणको ९४ औ मिनटमा मेनुका डालोटले विपक्ष टिमका पोष्टमा प्रहार गरेको बल सानो डिबक्सभित्र डिफेण्डरको हातमा अचानक ठोकिन पुग्दा मेनुले पेनाल्टी सट गर्ने सुवर्ण अवसर पाएका थिए । उक्त अवसरलाई मेनुका रासफोर्डले गोल गरी ३–१ ले म्यानचेस्टर युनाइटेड विजयी भएको थियो।

गत महिना म्यानचेस्टर युनाइटेडको फुटबल प्रांगणमा भएको प्रतिस्पर्धात्मक खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी) ले म्यानचेस्टर युनाइटेडलाई २–० हराएका थिए । समग्रमा दुवै टिमका ३–३ गोल भए पनि च्याम्पियन लिग खेलको नियम अनुसार आफ्नो फुटबल प्रागणमा मेनुले २–० ले पराजय भोग्नु परे पनि पिएसजीको फुटबल प्रागणमा ३–१ ले विजयी भएका कारण सन् २०१९ को च्याम्पियन लिगको उपाधि चुम्ने पेरिस सेन्ट जर्मन (पिएसजी) को सपनालाई तुहाई दिएका छन् भने म्यानचेस्टर युनाइटेड च्याम्पियन लिगको क्वाटर फाईनलमा प्रवेश गरेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

27217