हिमपातका कारण खान नपाएर मुस्ताङमा १४ सय पशु मरे

मुस्ताङ – झन्डै डेढ महिना परेको हिमपातका किारण पशु मरेपछि हिमाली जिल्ला मुस्ताङमा किसानले करोडौँ रुपैयाँ बराबरको क्षति बेहोर्नु परेको छ।

मुस्ताङका माथिल्लो भेग लोमान्थाङका किसानले पालेकामध्ये अहिलेसम्म झण्डै एक हजार चार सय पशु मरेको भेटिएका छन् । अझै केही भागमा प्रहरीसमेत पुग्न सकेको छैन । क्षतिको विवरण आउन बाँकी छ । हिउँमा कति पशु पुरिएका छन् भन्ने यकिन भएको छैन।

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी विश्वेश्वर रेग्मीका अनुसार लोमान्थाङ गाउँपालिका ३, ४ र ५ मा मात्र अहिलेसम्म एक हजार चार सय पशु मरेको अवस्थामा भेटिएका छन् । लोमान्थाङ गाउँपालिका १ र २ मा क्षतिको विवरण आउन सकेको छैन । ती वडामा पनि सयौँको संख्यामा पशु् मरेको अनुमान गरिएको उनले बताए । ‘किसानले निकै क्षति बेहोर्नु परेको छ । हिमपातले पशुपालनमा ठुलो नोक्सान पु-याएको छ,’ रेग्मीले भने, ‘लामो समयको हिमपातले गर्दा आहाराबिहीन भएका पशु भोकभोकै मरेका छन् ।’ सन्तोष पोखरेल र सुशीलबाबु थकालीले नागिरकमा समाचार लेखेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

27278