बिरामी डिस्चार्ज गर्न चन्दा संकलन

खोटाङ घर भएका ३५ वर्षीय शीतल राई तीन सन्तान र श्रीमतीसहित मोरङको उर्लाबारीमा भाडामा बस्छन् । शीतल गत असारमा विदेशबाट फर्किएर स्वदेशमै मजदुरी गर्दै आएका थिए ।

उनकै परिश्रमले पाँचजनाको परिवार चल्दै आएको छ । शीतलकी श्रीमती श्रीकुमारीका अनुसार छोरीहरू नर्सरी, युकेजी र पाँच कक्षामा पढ्छन् । गत १८ पुसमा शीतल मोटरसाइकल दुर्घटनामा परेपछि परिवारको बिचल्ली भएको खबर नयाँ पत्रिकाले छापेको छ।

पूर्व–पश्चिम राजमार्गमा दमकबाट उर्लाबारीतर्फ मोटरसाइकलमा जाँदै गर्दा दक्षिणबाट आउँदै गरेको अर्को मोटरसाइकलले दमक चिया बगाननेर शीतललाई ठक्कर दियो । ‘टाउकोमा ठूलो चोट लाग्यो, डाक्टरले खोपडी निकालेका छन्,’ श्रीकुमारी भन्छिन्, ‘एकपाटो शरीर चल्दैन, वेला–वेला बेसुरको कुरा गर्नुहुन्छ ।’बिर्तामोडको बी एन्ड सी हस्पिटलमा शीतलको उपचार भइरहेको छ । दमक–४ का नरबहादुर खड्का सवार मोटरसाइकलले शीतललाई ठक्कर दिएको उनी बताउँछिन् । घटनापछि दुई परिवार बसेर शीतलको उपचारमा आधा–आधा रकम व्यहोर्ने सहमतिसमेत भयो । तर, हालसम्म खड्का परिवारबाट १ लाख ५ हजार रुपैयाँ मात्र प्राप्त भएको उनले बताइन् ।

परिवारको आर्थिक स्थिति कमजोर भएको बुझेपछि अस्पतालले डिस्चार्ज दिने भयो । तर, डिस्चार्ज गरेर श्रीमान्लाई घर लैजानसमेत आफूसँग रकम नभएको श्रीकुमारी बताउँछिन् । ‘हालसम्म सात लाख रुपैयाँ तिरिसक्यौँ, अब आठ लाखजति तिर्न बाँकी छ,’ उनले भनिन्, ‘ठक्कर दिने मान्छेले आधा व्यहोर्ने भनेको थियो, तर ऊ बेपत्ता छ ।’ ठक्कर दिने व्यक्तिलाई खोजिदिन आग्रह गर्दै श्रीकुमारी पटक–पटक इलाका प्रहरी कार्यालय दमक पुगिन् । तर, प्रहरीले चासो नदिएको उनको गुनासो छ ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

27282