निर्मला हत्या प्रकरणः विष्ट र जिसी अझै सम्पर्कविहिन

कञ्जनपुर – निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको अभियोगमा परेका दुई मुद्दाउपर डिएसपीसहित ६ प्रहरीको कञ्चनपुर जिल्ला अदालतमा बयान लिने काम सकिएको छ।

सो मुद्दामा बयान सकिएलगत्तै सोमबारदेखि बहस सुरु भएको समाचार नागरिक दैनिकमा दिलबहादुर छत्यालले लेखेका छन्।

सम्पर्कविहिन रहेका तत्कालीन एस पी डिल्ली विष्ट र सिआईवीका डिएसपी अंगुर जिसीका नाममा अदालतले उपस्थित हुन वारेन्टीसहितको सूचना जारी गरेको छ।

कञ्चनपुरमा तत्कालीन प्रहरी प्रमुख एसपी डिल्ली विष्टसहित आठ जनाविरुद्ध सरकारी वकिलको कार्यालयबाट गत बुधबार कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।

बिहिबार विहान न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलाशमा भएको प्रारम्भिक सुनुवाइमा मुद्दा अघि बढाउने आदेश भएको थियो। डिएसपी ज्ञानबहादुर सेठीलगायत ६ प्रहरीको बिहिबारदेखि नै अदालतमा बयान लिन सुरु गरिएको थियो।





Comments

comments

Leave a Reply

27284