नेपाली भाले हात्ती रिसाएपछि भारतमा बितण्डा, ५ जनाको मृत्यु, ९ घाइते

धरान । कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेका रैथाने हात्ती रिसाएर भारत परेपछि पाँच भारतीय नागरिकको मृत्यु भएको छ।

फागुन २१ गते भारततर्फ लागेको हात्तीले आक्रमण गर्दा सुपौल जिल्ला क्षेत्रमा पाँच जनाको मृत्यु भएको कोशीटप्पु वन्यजन्तु आरक्षले जनाएको छ । हात्तीको आक्रमणमा परी ९ जना घाइते भएका छन्।

आरक्षका हात्तीले सुनसरी, सप्तरी र उदयपुरको आरक्ष क्षेत्र आसपास नियमित जनधनको क्षति गर्दै आएको थियो । ४० किलोमिटर दक्षिण भारततर्फ गएको हात्तीले तीन दिनमा पाँच जनाको ज्यान लिएको त्यहाँका अधिकारीले आरक्षलाई सूचना दिएको छ।

हात्ती गएको क्षेत्रमा मानव बस्ती मात्र रहेकाले हात्तीले बढी क्षति गरेको जानकारी आएको कोशी टप्पु वन्य जन्तु आरक्षणका संरक्षण अधिकृत रामदेव चौधरीले बताए । ‘रेडियो मेसिन जडान गरेको एउटा हात्ती भारत गएको थियो तर आज आरक्षणमा आइपुगेको छ,’ उनले भने।

सहायक वार्डेन तिवारीका अनुसार ३ दिनसम्म हात्ती भारत बसेको थियो । हात्तीमा रेडियोकोलार झुण्डाएकाले हात्ती कहाँ छ भन्ने लोकेशन थाहा हुने गर्छ । आरक्षणको तथ्यांक अनुसार हात्तीको आक्रमणबाट आर्थिक वर्ष २०७४/०७५ मा ६ जनाको मृत्यु भएको थियो।

हात्तीको आक्रमणबाट आर्थिक वर्ष ०७३/०७४ को अवधिमा पनि ६ जनाको मृत्यु भएको थियो । कोशी टप्पु वन्यजन्तु आरक्ष तथा आसपासका क्षेत्रमा घुम्ने सबै भाले हात्ती रहेका छन्। नेपाल समाचारपत्रले खबर छापेको छ।





Comments

comments

Leave a Reply

27286