प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्दै

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरूको एकवर्षे कार्यकालको मूल्यांकन गर्दै मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेका छन् । सबै मन्त्रीलाई एकवर्षे कार्यकाल पूरा गर्न दिएर ओलीले मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेका हुन्।

यस विषयमा प्रधामन्त्री एवम् नेकपा अध्यक्ष दाहालले विगत दुई दिनयता विभिन्न चरणमा छलफल जारी राखेका छन् । अन्नपूर्ण पोस्ट दैनिकमा रामकृष्ण अधिकारीले समाचार लेखेका छन्।

मन्त्रीहरूको कार्यक्षमता मूल्यांकनका लागि ‘सफ्टवेयर’ नै विकास गरेर त्यसमार्फत सबै काम नियाल्दै मूल्यांकन गरिरहेका ओलीले लगानी सम्मेलनपछि मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी थालेको प्रधानमन्त्रीका एक सल्लाहकारले जानकारी दिए । लगानी सम्मेलन चैत १४ र १५ गते काठमाडौंमा आयोजना हुँदैछ।

गत वर्ष ३ फागुनमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका ओलीले मन्त्रिमण्डललाई करिब एक महिनामा पूर्णता दिएका थिए।

पार्टीको संगठनात्मक एकता, नेताहरूको कार्य विभाजनलगायतको प्रस्ताव तयार पार्ने जिम्मेवारीमा रहेका प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिमण्डल पुनर्गठन र पार्टी संगठनात्मक एकताको काम प्याकेजमै टुंग्याउने गरी छलफल चलेको छ।





Comments

comments

Leave a Reply

27302