नेपाल लोक स्टार उपाधि जित्नेलाई ५० लाख, पोखरामा शनिबार अडिसन हुने

पोखरा। नेपाल लोक स्टारको पोखरा अडिसन चैत २ गते शनिबार पोखरामा हुदैछ ।

अडिसनका लागि सबै तयारी पुरा भएको बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर कार्यक्रम संयोजक माधव थापाले जानकारी दिए । पोखराको जनप्रिय मावि हुने अडिसनका लागि सम्पूर्ण टिम पोखरा आइसकेको उनले बताए।

सर्वाधिक पुरस्कार राशीको नेपाल लोक स्टारको यस अगाडी तीन ठाउँमा अडिसन भईसकेको छ । कर्णालीको सुर्खेत, सुदुरपश्चिमको धनगढी र प्रदेश ५ को बुटवलमा अडिसन भईसकेको छ । चाहना मिडियाले निर्माण गर्ने कार्यक्रमको एपिवान एचडीले प्रशारण गर्नेछ।

पत्रकार सम्मेलनमा एपिवान एचडीका तथा लोक स्टार निर्देशक सुरेश पौडेलले लुकेर रहेको प्रतिभालाई ठाउँ ठाउँबाट खोजेर स्टार बनाउने बताए । उनले विभिन्न फेन्चाइजमा काम गरेको अनुभवलाई समेटेर आफ्नै मोलिकताको कार्यक्रम निर्माण गर्र्ने बताए । स्तरीय कार्यक्रम बनाउदै उनले देशभरबाट लोक गायनमा खारिएका प्रतिभा खोज्ने बताए।

उपाधि जित्नेले ५० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने दोस्रो हुनेले २५ लाख रुपैयाँ र तेस्रो हुनेले १० लाख रुपैयाँ नगद प्राप्त गर्ने कार्यक्रम संयोजक थापाले जानकारी दिए । नेपाली लोक स्टारको ३१ भाग हुने उनले बताए।

उनले अडिसनमा भाग लिन सबैले पाउने बताउदै अडिसन स्थलमै फर्म भरेर सहभागी हुन पनि सकिने बताए । जुनसुकै भाषा, समुदाय भूगोलको लोक गीत गाउन सकिने उनको भनाई थियो । निर्णयकमा जयनन्द लामा, बिबि अनुरागी, सुनिता दुलाल र राजमजी खाँड रहेका छन्।





Comments

comments

Leave a Reply

27310