कहाँबाट ल्याए विप्लवले हतियार?

सुर्खेत – कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले तत्कालीन माओवादीका लडाकुको शिविरबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले हतियार लिएर गएको बताएका छन्।

उनले तत्कालीन लडाकुका छवटै डिभिजन कार्यालय र १८ वटा सहायक शिविरबाट विप्लव समूहले हतियार लगेको दाबी गरे।

लडाकुका पूर्वडेपुटी कमान्डरसमेत रहेका मन्त्री खनालले विप्लव समूहले तत्कालीन शिविरहरुबाट कति हतियार लिएर बाहिरिएको थियो भन्नेबारे भने खुलाएनन् । ‘मेरै नेतृत्वमा सेना समायोजनको काम भइरहेको थियो, हामी नेपाली सेनासँग सहकार्य गरेर जानुपर्छ भन्ने पक्षमा थियौं’, उनले भने, ‘त्यहीं बेला उहाँहरु हतियार लिएर बाहिरिनु भएको हो ।’ उनले विप्लव समूहले अस्थायी शिविरहरुबाट हतियार लैजाने क्रममा आगजनीसमेत गरेको दाबी गरे।

वीरेन्द्रनगरमा बुधबार आयोजित पत्रकार भेटघाटमा मन्त्री खनालले विप्लव समूहले हिंसात्मक गतिविधि बढाएकाले प्रतिबन्ध लगाउनुपरेको बताए । ‘हामी देशलाई समृद्धिको मार्गमा डो¥याउने अभियानमा छौं, विप्लव समूहले त्यसलाई रोक्न खोज्यो’, उनले भने, ‘त्यसैले प्रतिबन्ध लगाइएको हो ।’ उनले संविधानमा राजनीतिक दललाई प्रतिबन्ध गाउने व्यवस्था नभए पनि बम विस्फोट गराउने, जनप्रतिनिधिलाई धम्की दिएर चन्दा असुली गर्नेलाई राजनीतिक दल मान्न नसकिने बताए। नागरिक दैनिकमा नगेन्द्र उपाध्यायले लेखेका छन्।





Comments

comments

Leave a Reply

27312