छोरीको जन्मदिनमा धुर्मुस सुन्तलीको १ लाख सहयोग

चर्चित हाँस्यकलाकार तथा समाजसेवी द्धय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि १ लाख ११ हजार १ सय ११ रुपैंया सहयोगको घोषणा गरेका छन्।

बिहिवार बिहान एक स्ट्याटस पोष्ट गर्दै धुर्मुस सुन्तलीले आफ्नो छोरी सुबिहानी कट्टेलको जन्मदिनको अवसरमा उक्त सहयोगको घोषणा गरेका हुन्।

सुबिहानीको जन्मउत्सवको अवसरमा धुर्मुस सुन्तलीले कुनै बिशेष कार्यक्रमको आयोजना नगरी रङ्गशाला निर्माणलाई सहयोग गरेका हुन् । ‘हाम्री प्यारी छोरी सुबिहानीको जन्मदिनको अवसरमा हामी निर्माणाधिन रङ्गशालाका लागी सहयोग गर्न चाहान्छौं’ उनले लेखेका छन् ‘हाम्रा हरेक बिशेष अवसरलाई यसरी नै समाजसेवा र राष्ट्र निर्माणमा लगाउने हो भने यो देश हाम्रै पालामा बन्ने छ।’

अहिले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ को फिल्डको काम भईरहेको छ । केही समयमै रङ्गशालाको डिपिआर र डिजाईनको काम सम्पन्न हुने धुर्मुस सुन्तली बताउछन्।





Comments

comments

Leave a Reply

27320