अमेरिकामै बोइङ म्याक्सको उडान स्थगित

काठमाडौँ – संयुक्त राज्य अमेरिकाले आफ्नै देशको जहाज निर्माता कम्पनी बोइङको ७३७ म्याक्स मोडलका जहाज उडान तत्कालका लागि स्थगित गरेको छ।

विगत ६ महिनामा बोइङको उक्त मोडलका दुई जहाज दुर्घटनामा पर्दा ठूलो संख्यामा यात्रुको मृत्यु भएपछि अमेरिकाले यस्तो निर्णय लिएको समाचार गोरखापत्र दैनिकमा छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बोइङ ७३७ म्याक्स संस्करणका जहाजमा उडान स्थगनको घोषणा गरेका छन्।

आइतबार मात्रै इथियोपियन एयरलाइन्सको बोइङ म्याक्स ८ दुर्घटनामा पर्दा जहाजमा सवार सबै १५७ जना यात्रुको मृत्यु भएको थियो।

इथियोपियाबाट केन्याका लागि उडान भरेको केही समयमै उक्त जहाज दुर्घटनामा परेको थियो । गत अक्टोबरमा पनि लायन एयरको उही मोडलको बोइङ जाभा समुन्द्रमा दुर्घटनामा पर्दा १८९ जना यात्रुको मृत्यु भएको थियो।





Comments

comments

Leave a Reply

27326