१ जनवरी २०२० मा बुटिक विमानस्थल उद्घाटन

१ जनावरी २०२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुटिक विमानस्थलका रुपमा उद्घाटन हुने भएको छ ।

मन्त्रिपरिषदको बैठकले बुटिक विमानस्थलसम्बन्धी कार्यविधि पारित गरेसँगै नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल बुटिक हुने भएको हो।

विमास्थल देशको कला संस्कृति झल्कने तर आधुनिक सेवा सुविधा उपलब्ध हुने गरी रुपान्तरण हुनेछ । त्यसका लागि पहिलो चरणमा चैत्रभित्र टर्मिलन, बगैँचालगायतमा सुधार गर्ने पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले जानकारी दिए। त्यस्तै, दोस्रो चरणमा वैशाखभित्रदेखि १५ पुसभित्र सबै कार्य सम्पन्न गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रुपमा रुपान्तरण गरिने सहसचिव उपाध्यायले जानकारी दिए । यो समाचार दिवाकर पन्तले नयाँ पत्रिकामा लेखेका छन्।

फाइल फोटोः





Comments

comments

Leave a Reply

27359