वायुसेवा निगममा मनपरी: निजीका कर्मचारी पाइलट

काठमाडौं । नेपाल वायुसेवा निगमले ‘वाई१२–ई’ जहाज उडाउन निजी दुई वायुसेवा कम्पनीमा कार्यरत व्यक्तिलाई नियुक्त गरेको छ।

समाचारकाे अनुसार निजी क्षेत्रको मकालु एअरमा अध्यक्ष र सीता एअरको प्रशिक्षक पाइलट रहेका फिजुनाथ नेपालीलाई निगमले पाइलट नियुक्त गरेको खबर आजको नागरिक दैनिकले छापेको छ।

निगमका अनुसार नेपालीसँगै केबी लिम्बुलाई पनि नियुक्त गरिएको छ । ‘दुवै पाइलट एक महिनाअघि नियुक्त गरिएको हो ।’ निगमका कार्यकारी अध्यक्ष मदन खरेलले भने । निगममा नियुक्ति पाएका व्यक्ति अहिले मकालु र सीता एअरमा काम गरिरहेका छन्।





Comments

comments

Leave a Reply

27363