करातेका नेपाली राष्ट्रिय खेलाडीहरुलाई जर्मनीमा सम्मान

नबराज रोस्यारा / एचकेनेपाल डट कम-
ह्याम्बर्ग जर्मनी। जर्मनीको बेमेन शहरमा चलिरहेको बाइसौं कराते वरल्डकप प्रतियोगितामा नेपालले पनि आफ्नो सहभागिता प्रदर्शन गरिरहेको छ।

सहभागि टोलीको नेतृत्व नेपाली कराते फेडेरेसनका अध्यक्ष धावा गुरुङले गरिरहेका छन्। वरल्डकप प्रतियोतिमा सहभागि नेपाली खेलाडीहरुको सम्मानमा गैरआवसीय नेपाली संघ जर्मनी लोकल कोर्डीनेसन कमिटी ब्रेमेन, निदरज्याक्सन र अन्तराष्ट्रिय कलाकार मन्च जर्मनीको संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरे।

ब्रेमेन र निदरज्याक्सन क्षेत्रमा वसोवास गर्ने नेपालीहरु सहभागि उक्त कार्यक्रममा जर्मनीमा वसोवास गर्दै आएका नेपालीहरु वीच होटेल व्यवसायवाट संयुक्त लगानी शुरु गर्नको लागि एक अन्तर्क्रिया कार्यक्रम पनि गरिएको थियो। अन्तर्क्रिया तथा सम्मान कार्यक्रमको सभापतित्व नेपाली संघ जर्मनी लोकल कोर्डीनेसन कमिटी ब्रेमेन, निदरज्याक्सन संयोजक कृष्ण देवकोटाले गर्नु भएको थियो भने संचालन रेष्टुरेन्ट व्यवसायी मिलन पन्तले। एनआरएनए आईसीसी सदस्य दावा शेर्पा, निवर्तमान आईसिसी सदश्य सन्तोष भट्टराई, युनीभर्सिटी अफ ब्रेमेनका लेक्चरर सुमन पोखरेल र अन्तर्राष्ट्रिय कलाकार मन्च जर्मनीका अध्यक्ष वेल गुरुङले कार्यक्रमका प्रमुख अतिथि धावा गुरुङ र अन्य खेलाडीहरुलाई खादा ओडाएर स्वागत गरेका थिए। वरल्डकपमा सहभागि खेलाडीहरु अन्य बिभिन्न देशहरुका माझ आफ्नो सहभागितामा निकै गौरवान्मित महशुस गरिरहेका थिए।

कार्यक्रमको दोश्रो चरणमा एनआरएनए जर्मनीका बरिष्ठ उपाध्यक्ष नवराज रोस्याराले जर्मनीमा नेपालीहरुले शुरु गर्न लागिरहेको संयुक्त लगानीको योजनाका वारेमा एक प्रिजेन्टेसन मार्फत कार्यपत्र प्रस्तुत गरे। संयुक्त लागनीको शुरुवात होटेल व्यवसायवाट गरिने र पहिलो प्रोजेक्टको सफलता पश्चात अरु क्षेत्रमा पनि लगानी गर्न सकिने उनको कथन थियो। रोस्याराको कार्यपत्रमा लेक्चरर सुमन पोखरेल, सन्तोष भट्टराई, दावा शेर्पा, मिलन पन्त काजी लामा र इश्वर श्रेष्ठले टिप्पणी गरेका थिए। कार्यक्रमको वीच वीचमा अन्तर्राष्ट्रिय कलाकार मन्च जर्मनीका सदस्यहरुले संगीत कार्यक्रम प्रस्तुत गरेका थिए। कार्यक्रममा सहभागिहरुलाई खानपिनको व्यवस्थाको लागि रेष्टुरेन्ट ला मिराल स्पोन्सर गरेको थियो।





Comments

comments

2738