बेलायती नेपालीले म्युजिक फेस्टिबलसहित नयाँ वर्ष मनाउंदै

रोशन मेवाहाङ् /एचकेनेपाल डट कम-

लण्डन, चैत ४ । नेपाली नयाँ बर्षको अवसरमा लण्डनस्थित व्रिक्सट्नमा आगामी अप्रिल १३ तारिख शनिबार साँझ नेपाली सांगीतिक कार्यक्रम ‘नेपाली म्युजिक फेस्टिवल २०१९’ धुमधामका साथ आयोजना गरिने भएको छ।

कार्यक्रम जि–९ ईन्टरटेन्नमेन्ट, हब ए मोमेन्ट, नट जस्ट ट्राभल्स् र च्याउसे डि–१ ले सयुक्त रुपमा पहिलो पटक आयोजना गर्न लागेको हो।

रक स्टार सविन राई र फारो व्याण्ड,र्यापर आशिष राना (लाहुरे) , चर्चित गायिका तिर्सना गुरुङ र बेलायती नेपाली समाजका चर्चित गायक प्रशान्त लिम्बु र शव्द व्याण्डले स्टेज तताउने भएका छन्।

लेक्स लिम्बु र मिस बेलायत नेपाल २०१४ की विजेता निया देवानले संयुक्त रुपमा कार्यक्रम संञ्चालन गर्ने भएका छन् । कार्यक्रमका प्रस्तुत गीतहरुमा फारो र शव्द लाइभ व्याण्डले संगीतको मधुर धुनलाई दर्शकदिर्घामा रहेका श्रोताहरुलाई थप मिठासको अनुभूत गराउँन सक्ने आयोजक टिमका सदस्य किशोर राईले बताउंछन्।

पहिलो चरणको कार्यक्रममा उपस्थित दर्शक तथा श्रोता र अतिथिलाई रकस्टार सविनले मेलोडियस र रकगीत , लाहुरेको ¥याप र गायिका तिर्सनाले मिठा मिठा मनोरञ्जात्मक गीन पस्कने छन् । मध्यरात ठिक १२ बजे काउण्ड डाउन गरेर नेपाली नयाँ बर्ष वि स २०७६ साललाई आगमन गर्दै दोस्रो चरणमा प्रवेश गरिने छ।

दोस्रो चरणको रात्रिभोज सके लगत्तै उपस्थित दर्शक श्रोताहरुकालागि डान्सिङ विटका गीत प्रस्तुत गर्न डिजे यसकाजि र फास्ट सेक्रेट पुर्ण रुपमा तयार भईसकेको आयोजकले जनाएको छ । साँझ ठिक १० बजे सुरुवात हुन लागेको नेपाली लाइभ कन्सट विहान ६ बजे सम्म भव्य रुपमा सम्पन्न हुने आयोजक टिमले जनाएको छ।

लण्डनमा एक स्थानमा मात्र ‘नेपाली महोत्सब २०१९’ भव्य रुपमा सम्पन्न हुन लागिरहेको कार्यक्रमको टिकट शुल्क र वितरण स्थान निम्न तालिका बमोजिम सम्पर्क गरि सुरक्षित गर्न दर्शक तथा श्रोताहरुलाई आग्रह गरिएको छ।

भिआइपी टिकट शुल्क ५० पाउण्ड र अप्रिल ७ तारिखबाट २० तारिख भित्र जन्म दिन परेका दर्शकहरुकालागि प्रवेश शुल्क नलाग्ने निर्णय गरेका छन् । ईच्छुक दर्शकहरुले सामाजिक संञ्जाल धधध।तष्अपभतधभद।अयm मार्फत आफ्नो टिकट अग्रिम बुकिङ गर्न सकिन जनाएको छ ।

क्र सं वितरण स्थान नेपाली पसल सम्पर्क नाम मोबाईल नम्बर एकल शूल्क जोडी शूल्क
१ फोक्सटन गोर्खा हिल – सुबोध ०७८२८२३३३३७ £ ३५ £ ६०
२ आशफोड गोर्खा भिल्ला
३ लण्डन – विकाश ०७९३५०३९९६०
४ अल्डरसट – नविन ०७८६१५२५८११
५ रिडिङ – किशोर ०७४५०२५५७१६
६ ग्रेस – विष्णु ०७५४५६१००६६
७ स्टाफोड – आयो गोर्खाली
८ वार्मिस्टर वार्मिस्टर – देव गुरुङ ०७५८८१८१९८८





Comments

comments

Leave a Reply

27382