शक्तिशाली बन्दै प्रधानमन्त्री: सेना परिचालसम्म गर्न सक्ने अधिकार

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओली सरकारका महत्वपूर्ण निकायहरु आफूमातहत राखेर शक्ति सञ्चयतर्फ लागेका छन्।

राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, महान्यायाधिवक्तााको कार्यालयलगायतका १८ वटा निकाय प्रधानमन्त्री कार्यालय मातहतमा ल्याएर आफूलाई शक्तिशाली प्रधानमन्त्री सावित गर्न उनी लागि परेका हुन्।

सोही अनुसार प्रधानमन्त्री ओलीले पछिल्लो पटक आफै अध्यक्ष रहेका राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य, र अधिकारसम्बन्धी विधेयकमार्फत सेना परिचालनको अधिकार पनि आफैमा राख्नगरी मस्यौदा तयार गरी संसद्मा दर्ता गराएका छन् । सो विधेयकको दफा ६ मा नेपाली सेनाको उपयोग र परिचालनसम्बन्धी व्यवस्थामा प्रधानमन्त्रीले सीधै सेना परिचालन गर्न सक्ने प्रावधान उल्लेख गरिएको छ । यो समाचार टपेन्द्र कार्कीले नागरिक दैनिकमा लेखेका छन्।





Comments

comments

Leave a Reply

27394